सार्वजनिक सेवाको पहुँच अभिवृद्धि गर्दै ,जुम्ला प्रशासन
जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले नागरिकलाई दिईने सार्वजनिक सेवा प्रवाहलाई प्रथामिकतामा राखेको छ ।सुशासन ,शान्ति सुरक्षा र विपद व्यवस्थापनमा समन्वय तथा सहजिकरण गर्दै प्रशासनले नागरिकको सेवा प्रभाबकारी बनाएको हो । प्रशासनले नागरिकलाई दिइने सेवा चुस्तदूूस्त गर्दै जुम्लाका नागरिकलाई शान्ति सुव्यवस्था र सुशासन अनुभूति गराई नेपाल सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपाली महान लक्ष्य प्राप्ति गर्न लागी परेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, नेपाल सरकार ,निजि क्षेत्र र नागरिक समाजको सहकार्य र समन्वय अपरिहार्य रहेको छ । उनले भने, जुम्ला प्रशासनले आफ्नो लक्ष्य हासिल गर्न सुधार योजना ,२०७७ ल्याई कार्यान्वयन ल्याएको छ। प्रजिअ थापाले भने ,उक्त कार्ययोजना अन्तर्गत विद्युतिय नागरिक वडापत्र (Digital citizen charter ) संचालनमा ल्याएको हुदा सेवाग्राही यसवाट लाभान्वित भएका छन् ।
जुम्लाको प्रशासनले २०७७ ।१०। २८ गते देखि सेवाग्राहीको गुनासो तथा कार्यालयवाट प्रवाह गरिने सेवा, प्रक्रियाका बारेमा जानकारी दिनकै लागी सेवाको पहुँच अभिवृद्धि गरेको पाईएको छ ।यसको लागी नागरिकले ःMobile apps नेपालीमा “ जि.प्र.का. जुम्ला “र अग्रेजीमा “æ DAO Juml aæ Play store मा गई Search गरी Down load मा गइ लाभलिन सक्ने छन । प्रजिअ थापाले ,भने, प्रशासानको सेवा प्रति केही गुनासो भए सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी नन्दराम चौलागाईलाई सम्पर्क गर्न अनुरोध गरेका छन। उनले भने , हामीले दिइने सार्वजनिक सेवामा समस्या भए गुनासो पेटिकाको ब्यवस्था पनि गरिएको छ ।
यस अघिजिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’प्रभाकारी बन्दै गएको नागरिकले प्रतिक्रिया दिएका छन। प्रशासनले सेवाग्राहीको भिड कम गर्न र सोझासाँझा नागरिकको लागी सेवामा सहजै पँहुज पुर्याउन टोकन प्रणाली लागु गरेको हो । सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ त्यही अनुसार सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने ‘सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिने गरेको छ । त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको हो । प्रशासनको सेवा नागरिक मैत्री बनाउन माइक पनि जोडिएको छ ।, टोकनवाला व्यक्ति अर्थात् सेवाग्रहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको छ । युसले गर्दा थप सजिलो भएको छ ।माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ । प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ समेत सार्वजनिक गरेका थिए ।









