केपी ओलीले बनाएका दुईजना मन्त्री आउदै छन्ः प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदका दुईजना मन्त्रीले आफुले नेतृत्व गरेको नेकपामा फर्कर्ने तयारीमा रहेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् ।

उनले ओली झन् निरंकुशतातर्फ अघि बढिरहेको बताए । उनले ठोरीलाई वास्तविक अयोध्या प्रमाणित गर्न चुनौती पनि दिए ।

सम्बन्धित समाचार