नेतृ झाँक्री घरबाटै गिरफ्तार

रामकुमारी झाक्रिलाई प्रहरीले पक्राउ गरेको छ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाक्रिलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे झाक्रिले गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । बिहान महाशाखाले झाक्रिलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविनाबीना नजाने अडान राखेकि थिइन। महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न झाँक्रीलाई पक्राउ पूर्जी दिएको हो । झाक्रिलाई पक्राउ गर्न नेकपा ओली पक्ष अनेमसंघले निवेदन दिएको बुझिएको छ ।झाँक्रीले अघिल्लो साता गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे दिएको मन्तव्य आपत्तिजनक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपा समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो।