जुम्लामा पहिलो पटक जेसिवि डिलर संचालन
जुम्ला ः जुम्लामा पहिलो पटक जेसिवि डिलर संञ्चालन भएको छ । साविकको कर्णालीको जुम्लामा पहिलो पटक जेसिवि डिलरको उद्घाटन गरिएको हो । जुम्लाबाटै आधिकारीक रुपमा जेसिवि विक्रि गर्नको लागि डिलर स्थापना गरिएको पाइएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समिति संयोजक दिनबन्दु श्रेष्ठले आइतबार डिलरको औपचारिक उद्घाटन गरेका हुन । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समिति संयोजक दिनबन्दु श्रेष्ठले भने ,जुम्लामै मेसिन पाइने भएपछि निर्माण व्यवसायीलाई पनि राहत हुने भएको छ ।\
यस अघि मेसिन अभावले विकासका काम पटकपटक रोकिने गरेको उनले बताए । उनले थपे अबका दिनमा मेसिन अभावले जुम्लाको बिकास रोकिने छैन । विकास निर्माणका कामलाई लक्षित गर्दे जुम्लामै डिलर स्थापना हुनु खुसीको कुरा भएको उनको भनाइ छ । एमएडब्लु अर्थ मुर्भस प्राली अन्तरर्गत (जेसिबी) को आधारिक विक्रेताका रुपमा अंकित जनरल स्टोर तथा सप्लार्यसले कर्णालीमै पहिलो पटक जुम्लामा जेविसीको बिक्री शुरु गरेको संचालक सुमन खड्काले बताए । उनले भने जुम्लाबाटै अब मेसिन विक्रि हुने छ । जेसिविकै विभिन्न ब्राण्डका मेसिनहरु बसपार्कमा रहेको सोरुमबाट विक्रि हुने उनको भनाई छ ।जुम्लामै जेविसी, ब्याकहोल लोडर, स्काभेटर, हुइल लोडर, रोलर, जेनेरेटर लगायतका निर्माण क्षेत्रमा प्रयोग हुने सम्पुर्ण मेसिन सुलभ मुल्यमा बिक्री गर्ने गरेको खड्काले बताए ।
डिलर संचालनमा आएसँगै विकास निर्माणको काममा सहयोग पुग्ने सरोकारवालाको भनाइ छ । विकास निर्माणलाई छिटो छरितो गर्न र निर्माण व्यवसायीका समस्या मध्यनजर गर्दै कर्णालीमै पहिलो पटक जेसिबीको डिलर जुम्लामा सञ्चालन ल्याइएको हो ।जेसिवी कम्पन्नीका सेल्स म्यानेजर कन्चन शिलवालले निर्माण क्षेत्रमा प्रयोग हुने ८० प्रतिशत विभिन्न मेसिन जेसिवि कम्पन्नीमै पाइने बताए । उनले भने , न्युन भ्याट र भन्सार शुल्कमै ४८ लाखभन्दा माथिको मूल्यमा मेसिन उपलब्ध गराउन सकिने छ । कार्यक्रमको त्यस्तै रामदेवि खड्काले बाह्य जिल्लामा गएर खरीद गरि ल्याउनु पर्ने मेसिन जुम्लामा सेवा दिने उद्देश्यले डिलर राखिएको बताइन । उनले अन्य डिलरले दिने मूल्यमा जेसिवि मेसिन विक्रि हुने बताउँदै उहाँले तेल कम खपत हुने छ ।
काम गर्दै जाँदा मेसिनको कुनै उपकरणमा समस्या आयो भने डिलरमा मर्मत पनि गर्न मिल्ने छ । यस अघि बाहिरबाट भाडामा मेसिन ल्याउनु पर्ने, विकास खर्च भन्दा मेसिनको खर्च बढी दिनुपर्ने बाध्यताबाट जुम्लाका निर्माण व्यवसायीले हैरानी भोग्दै आएका थिए । अब जुम्लामै मेसिन पाइने भएकाले विकास निर्माणका योजना समयमै सम्पन्न हुने बिश्वास ब्यक्त गरिएको छ । जुम्लामै जेसिबी पाइने भएपछि ढुवानी मूल्यपनि नलाग्ने, सस्तोमै भनेकै बेला नयाँ मेसिन खरिद गर्न सकिने भएकोले विकास निर्माणमा सहज हुने निर्माण व्यवसायिक तारासिंह कठायतले बताए ।








