डब्लुडब्लुजे)को ११ औ साधारण सभा सम्पन्न , अध्यक्षमा निर्मला आचार्य चयन
जुम्ला ः क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को ११ औ साधारण सभा र छैठौं अधिवेशन सम्पन्न भएको छ । डब्लुडब्लुजे)को ११ औ साधारण सभा र छैठौं अधिवेशन यहि माघ २५ गते काठमाडौंमा सम्पन्न भएको हो । अध्यक्षमा निर्मला आचार्य सर्वसम्मतिमा निर्वाचित हुन भएको छ । क्रियाशील पत्रकार महिला हरुको हक अधिकारको संरक्षण गर्दै आएको (डब्लुडब्लुजे)को अध्यक्ष निर्मला आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ। नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारीहरू निम्न बमोजिम रहेका छन। उपाध्यक्ष रामकला खड्का, महासचिव चन्दा बिष्ट ,सचिव रमिता लामा,कोषाध्यक्षमा रूक्मिणी पोखरेल रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा संगीता लामा,सोनी शर्मा,,दिपा आले,शोभा मानन्धर ,सीता वि के,दुर्गा अधिकारी र विशेष सदस्य ः पुर्व अध्यक्ष अमिका राजथला रहनु भएको छ । डब्लुडब्लुजे)का पुर्व अध्यक्ष अमिका राजथलाले नव नियुक्त अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छु । उहाले भन्नु भयो ,आफु अध्यक्ष हुँदा संस्थालाई केन्द्रविन्दुमा राखेर मन, वचन र कर्मले डट्नका लागि परेको थिए ।
यस अवसरमा सहयोग गर्नुहुने कार्यसमिति पदाधिकारी, सदस्यहरू, प्रदेश संयोजक, जिल्ला अध्यक्ष तथा सदस्यहरू, प्रतिआभार ब्यक्त गर्नु भएको छ । उहाले आफ्नो कार्यकाल सफल पार्नका लागी सहयोग गर्नु हुने सहयोगी हातहरू र सल्लाहकार हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । उहाले थप्नु भयो , आफूले कार्यकाल सम्हाल्दा गरेका प्रतिवद्दता पूरा गर्न सहकार्य तथा सहयोग गर्ने सहयोगी निकायर संस्था ,संचार तथा सूचना प्रविधि मन्त्रालय , प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, राष्ट्रिय वाणिज्य बैंक, युएनडिपी, युनेस्को काठमाडौ , लगायतले गरेको समन्वय सहकार्यले आफु सफल भएको हु । राजथलाले भन्नु भयो, काम गर्दाका क्रममा थुप्रै चुनौतिका साथै नयाँ अनुभव रह्यो ।पुर्वा अध्यक्ष राजथलालले डब्लुडब्लुजेको स्थापना कालदेखि नेतृत्वमा पुग्दा गर्नु पर्ने काम तथा संगाल्दै आएको सपनाहरू एउटै कार्यकालमा पनि धेरै पूरा गर्न पाएकोमा सन्तुष्ट र खुशी भएको बताउनु भयो ।








