जुम्लामा बन्दको प्रभाव, सबै भन्दा बढी शैक्षिक क्षेत्रमा
जुम्ला ः जुम्लाको खलंगा बजार पर्ण रुपमा बन्द भएको छ । बन्दको प्रभाव सबै भन्दा बढी शैक्षिक क्षेत्रमा परेको छ। कोरोनाको महामारी पछि जुम्लाका सरकारी बिद्यालय भर्खरै खुलेका छन। स्कुल नलाग्ने भएपछि बिद्यार्थीहरु आधा बाटो बाटै घर फर्किएका छन ।देशभर नेकपा (प्रचण्ड माधव) समुहले आम हड्ताल गरेको छ। बिहिबार बिहानैदेखि नै आम हड्ताललाई सौहार्द तवरले सफल पार्नका लागी जुम्ला बासीले पनि साथ दिएका छन ।
प्रचण्ड(नेपाल समूहका नेता पूर्ण प्रसाद धितालले भने ’हामीले सबैलाई आम हड्ताल सफल पारिदिन आग्रह गरेका छौं। उनले भने , आम जनताको सहयोग र साथ पाएका छौं। उनका अनुसार स्कुल, कलेज, होटेल, व्यवसाय, उद्योग धन्दा, यातायात सबै बन्द गर्न अनुरोध गरिएको थियो । कहिँ कतै समस्या आउन सक्छ भन्दै सुरक्षा ब्यवस्था कडा पारिएको जुम्लाका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताए। आम हड्तालले जुम्ला प्रभावित बनेको छ ,उनले भने ’यातायात पुरै बन्द छन । बजार पनि बन्द छ। केही समस्या आयो भने सुरक्षा दिनलाई प्रहरी हाई अलर्टमा छ।
आम हडताल आह्वान गरिएको हुनाले त्यसको प्रभाव पर्ने भएपनि होटल व्यवसाय, स्कुल, कलेज खुलाउन चाहनेलाई सुरक्षाको तर्फबाट सहयोग तथा सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। उनले भने, ’स्कुल, कलेज बन्द हुँनुदैनन् उनिहरुले खोल्न चाहेको खण्डमा हामीले प्रहरी पठाएर सहयोग गछौ । ’ एम्बुलेन्स, ओैषधि पसल सञ्चालनमा कुनै अवरोध नल्याउने र आम हड्ताल सफल पार्न अनुरोध मात्र गर्ने नेकपा(प्रचण्ड(माधव) समूह जुम्लाले जनाएको छ ।
यातायात बन्द भएपछि जुम्ला बिमानस्थलमा यात्रुको चाँप बढयो
जुम्ला बाट संञ्चालन हुने लामो दुरीका यातायात पुरै बन्द भएपछि बिमानस्थलमा यात्रुको चाँप बढेको पाईएको छ । हिजो अस्तीको तुलनामा जुम्लाको बिमानस्थलमा यात्रुको चाँप बढेको नागरिकउड्डयन प्रराधिकरण जुम्लाले जनाएको छ । नागरिकउड्डयन प्रराधिकरण जुम्लाका प्रमुख प्रकाश शर्माले भने ,यतायात सेवा बन्द भएपनि हवाई सेवा सुचारु रहेकाले यात्रुको चाँप बढीनै छ । उनले हिजो अस्तीको तुलनामा बिहिबार जुम्लाको ऐर्पोटमा यात्रुको चाँप बढेको बताए । उनले भने १८ देखी १९ यात्रुको उड्रान भर्ने जुम्लाको हवाईजाहजले तिन पटक उड्डान भर्दा पनि यात्रुको चाँप सकिएको छैन । उनले भने, यो यातायात बन्दको प्रभाव हो । सबै यात्रु जुम्ला देखी नेपालगञ्ज सम्मका रहेका छन ।







