फागुनपहिलो साताबाट संयुक्तआन्दोलन हुन्छः प्रचण्ड

नेकपा प्रचण्ड–नेपालसमूहकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले सम्भवतःफागुनपहिलो साताबाट संयुक्तआन्दोलनहुने बताउनुभएको छ । संवैधानिकनिकायहरुमाभएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आह्वान गरेको आमहड्तालकाक्रममा प्रचण्ड सातदोबाटो चोकमापुगेर नाराबाजी समेत गर्नुभयो । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्तालआफूहरुको बाध्यताभएको बताउनुभयो ।

सरकारले बलमिच्याई गरेर संवैधानिकनिकायहरुमानियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उहाँले बताउनुभयो । यो लोकतन्त्र र लोकतन्त्रविरोधीको लडाइँ भएको भन्दै उहाँले यस्तो नभइदिएहुन्थ्यो भन्ने जनताको भावनाआफुहरुले बुझेको तर कहिले काँही यस्तो बाध्यात्मकअवस्थाआउने बताउनुभयो । संसद विघटन र संवैधानिकनिकायमाभएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अबअझ सशक्तआन्दोलनहुने बताउनुभयो ।