जुम्लामा कोरोनाविरुद्धको खोप लगाउन सुरु

दिलमाया शाही
जुम्ला ः कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ। कर्णाली प्रदेशका १२ वटा अस्पतालबाट खोप दिइने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको उद्देश्य अन्तरगत्त जुम्लाको प्रतिष्ठान र जनस्वास्थ्य सेवामा कार्यारक्त स्वास्थ्य कर्मीलाई खोप लागृन सुरु गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कोरोनाविरुद्धको खोप हस्तानतरण गर्न भएको थियो । संघीय सरकारले ११ हजार ७८० डोज खोप कर्णाली प्रदेशका लागि पठाएको छ। जुम्लाको लागी भनेर ३७ सय डोज खोप आएको जनस्वास्थ्इ सेवा कार्यालयका प्रमुख कृष्ण प्रसाद सावकोटाले बताए । उनले भने १४ र १५ गते चन्दननाथ नगरपालिका स्तरका स्वास्थ्यकर्मीलाई खोप दिईने छ । उनले भने यस पछि पालिका स्तरमा खोप दिइने छ। प्रतिष्ठानमा कार्यरक्त सबै जनलाई ११ सय खोप लगाइसक्ने भएको छ। भारत सरकारको सहयोगमा नेपालमा आइपुगेको कोरोनाविरुद्धको भ्याक्सिन जुम्लामा बुधबार बाट लगाइदै छ । पहिलो चरणमा सरकारले तोकेको मापदण्डमा रहेर अग्रपङ्तिमा खटीने स्वास्थ्यकर्मीहरूलाई यो खोप लगाउन लागिएको हो ।
अनुसार पहिलो चरणमा जिल्लामा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवेका, एम्बुलेन्स चालक र शव व्यवस्थापनका लागि खटिने नेपाली सेनालाई यो खोप लगाइने जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण प्रसाद सावकोटाले बताए खोपको सुरुवात गर्ने नेपाल सरकारको नीतिअनुसार जुम्लामा बुधबारबाट खोप लगाउन सुरु गरिएको उनको भनाइ छ । बुधबार नै खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई छोटो अवधिको तालिम सञ्चालन गरिनेछ। तालिम पश्चात आजैबाट र भोली खोप लगाउनु पर्ने छ। खोप लिनको लागि जिल्ला कोभिड—१९ खोप व्यवस्थाापन समितिको निर्णयअनुसार तोकिएकाले आगामी दिनमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई पनि खोप दिने बताए ।








