आगलागी पिडितको राहत तथा उद्धारका लागी विपद् व्यवस्थापन समितिको आपत्तकालिन बैठक
जुम्ला ः जुम्लाको गोठी गाउँमा आगलागी हुदा ३२ घर जलेर नष्ट भएका छन् भने १७ गाई २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका साढे ५ बजे देखि आगलागी भएको थियो । चुलोको पाईपबाट आगलागी भएको अनुमान गरिएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको आपतकालिन बैठकले राहतका सामग्री लिएर घटना स्थलमा जाने निणर्य गरेको छ । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नं. ७ मा यहि १३ गते अचानक आगालागीभई ३२ भन्दा बढि घर बहाल, पशु चौपाया नष्ट भएको हुदाँ पीडित उद्धार र राहतका लागी प्रति परिवार ५ जना सदस्य भएको घरमा १५ हजार र ५ जना भन्दा बढी परिवार भएका घरमा बीस हजारका दरले नगद सहायता राहत उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार राहत सामग्रि चामल, दाल, नुन, तत्ता कपडा लिएर आगलागी घटना स्थल जाने तयारी गरिएको छ । क्षतिको एकिन विवरण अझै आई नसकेको उनले बताए ।
आगलागि पीडित परिवारलाई तत्काल आपतकालिन व्यवस्थापनको लागि त्रिापाल, भाडाकुडा, कम्बल, लत्ता कपडा प्रति परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराउने निर्णय गरिएको छ। चामल, दाल तेल र नुन लगायत खाद्यान्न किडार्क नेपालले विपद् व्यवस्थापन समितिलाई मार्फत पीडित परिवार राहत उपलब्ध गराउने भएको छ। आगलागी भएको तिला गाउँपालिका गोठीमा आगालागि पीडितहरुको प्रथामिक उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला जन स्वस्थ्य सेवा कार्यालयले तत्काल प्रथामिक उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
हिमपात पूर्वतयारी तथा प्रतिकार्य बमोजिम यस जिल्लाका स्थानीय तहमा कम्मल र ज्याकेट वितरण गरिएको हुँदा यस समितिबाट अनुमोदन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा गृह मन्त्रालयको आदेशमा कर्णाली प्रदेश सरकार सुर्खेत हुँदै जुम्ला विमान स्थलबाट राहत सामग्री लिएर तिला गाउँपालिका ( ७ गोठीगाउँ आगलागी घटना स्थल जाने तयारी गरिएको छ । त्यस्तै यहाँका सरकारी तथा गैर सरकारी निकाय, निजि क्षेत्र सबै राहत सामग्री संकलनमा जुटेका छन् । ३२ घरधुरीका २ सय ५८ घरपरिवार प्रभावित भएका छन ।







