पोखरी गाउँको गोठीमा लागेको आगो नियन्त्रणमा आउन सकेन, ३५ घर जलेर नष्ट


जुम्लाको तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा लागेको आगो आगो नियन्त्रणमा अझै आउन सकेको छैन । मंगल सांँझ ५ बजे तिर लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । आगलागीबाट मानवीय क्षेति नभएको तर गाउनै सखाप हुन थालेको स्थानीय बताउँछन् । पोखरीका परबहादुर रोकायाकाले भने ,आगालागीबाट ३० ÷३५ घर जलेर नष्ट भएका छन ।आगो निभाउनको लागि पानी नहुँदा आगो नियन्त्रण अझै नभएको बताए । गाउँमा रहेका ५५ प्रतिशत घर जलेका छन्, उनले भने,‘ आगो नियन्त्रण गर्न प्रयासरत भएपनि सकिएको छैन् । आगो नयन्त्रणको लागी ’सदरमुकामबाट गएको टोली र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन । त्यस गाउमा गाउँमा एक खानेपानीको धारा छ । त्यसैले आगो निभ्याउन सकिएको छन् । उनले भने,‘ आगोले घर जलिरहेका छन।

आगालागी भएको जानकारी पाउने वित्तिकै जिल्ला प्रशासन कार्यालय जुम्लाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ खटाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने,‘भौगोलिक रुपमा निकै कठिन भएकोले आगो समयमै नियन्त्रणमा ल्याउन नसकिएको हो। जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधव काफ्लेले भने , आगो निभाउन न पानी भयो, नत कुनै माध्यम नै यसकारणले कठिनाई छ। सदरमुकाम खलंगा देखि झण्डै एक दिन लाग्ने गोठीमा आगलागी हुदा समयमै खबर सम्म पुग्न सकेको थिएन । आगो कसरी लाग्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।आगलागी बाट मानबिय क्षेत्री भएको छैन । तर पशुचौउपाय भने सबै जेलेर नष्ट भएका छन । आगो नियन्त्रणमा नआउदा ओर्को गाउमा पुग्ने सम्भावना छ।