लोडसेडिङ घटाउदै, नेपाल विधुत प्राधिकरण जुम्ला

दिलमाया शाही
जुम्ला ः पछिल्लो समयम नेपाल विधुत प्राधिकरणले जुम्लाले दैनिक लोडसेडिङ समय घटाएको छ । यस अघि जुम्ला ९६ घण्टा लोडसेडिङ थियो । नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत दिने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो ।राष्ट्रिय प्रसारण ग्रिड लाईन नपुगेको छैन । यस कारणले जुम्ला पहिले देखीनै अन्धकार छ । बत्ती बाल्न नपाएको भन्दै नागरिक स्तरबाट बिभिन्न आन्दोलन हुदै आएका छन। जुम्लामा यसअघि एक दिन बिराएर विद्युत आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घन्टा सम्म विद्युत उपलब्ध गराउने तालिका सार्वजनिक गरेको कार्यालय प्रमुख गौरव पाण्डेले बताए ।उनले भने ,राष्ट्रिय प्रशारण लाईन नपुग्दै स्थापना भएको कार्यालयले वि.सं २०३९ सालमा जुम्लाको घुघुत्ति खोलाबाट निकालिएको बिजुलीको विधुत गृहबाट हाल बत्ति संचालनमा नियमितता ल्याएका छ । प्राधिकरणले दुई वटा मेशिन ११०।११० किलोवाट जडित क्षमता भएका दुइटा युनिट रहेको लघुजलविद्युत आयोजनाबाट विधुत उत्पादन गरेको छ ।
पछिल्लो समय भारतीय दुतावासको सहयोगमा फेरिएका नयाँ मेशिन बिग्रेपछि मंसिर र पुष महिनामा विधुत आपुर्ति बन्द भएको थियो ।अहिले दुवै मेशिनबनाएर र संचालनमा ल्याए पछि पहिले भन्दा केही राहात भएको छ । पानीको अहिले अभाव भएकाले पानी बढेमा थप व्यवस्थित गर्न सकिने विधुत प्रराधिकरणले बताएको छ।
यस अघि बढ्दो माग र पानीको अभाव तथा हाल जुम्लाबाटै उत्पादित घुघुत्तिबाट संचालन ल्याईएको बत्ति दुवै मेशिन बन्द भएपछि डिजेलबाट बत्ती दिएको थियो । उपभोक्ताको अधिकार अनुसार दैनिक रूपमा विद्युत प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्रमुख पाण्डेको दावी छ । नेपाल विधुत प्राधिकरणको भने ३३ केभी लाईन दैलेख हुदै जुम्ला पुरयाउने लक्ष्य अनुसार निर्माणाधिन भईरहेको जनाएको छ ।
जुम्ला लोडसेडिङको चर्कोमारमा रहेको कुरा नयाँहोइन तर प्राधिकरणरण सूचना जारी गर्दै विधुतको खास अवस्थाको वारे जानकारी गराएको हो । बि.सं २०३९ सालमा उत्पादन भएको दुई सय किलोवाट क्षमताको विधुत उत्पादनलाई २२० किलोवाट अपग्रेट गरी संचालनमा ल्याएको छ । २०५६ सालको ग्राहक संख्या १२०० बाट २०७७ जेठसम्मा मात्रै ३००० पुगेको छ । हल सम्म पनि नेश्नलग्रिड भएको छैन । रन अफ रिभर मा आधारित उत्पादन केन्द्रको क्यामेन्ट क्षेत्रमा बर्षात नभएको कारणले पिक हावरको – आफ्टर म्यानेज्मेन्ट) वाध्यात्मक रुपले विहान २ देखी ५, ८ देखी १० दिउसो ४ देखी ६ पावर हाउस बन्द गर्नुपर्ने अवस्था रहेको पाइएको छ ।जिल्ला स्थित राजनैतिकदल, स्थानीय प्रशासन, पत्रकार, नागरिक समाज सहितले पटक पटक ध्यानाकर्षण गर्दै आएका छ । खोलामा पानीको वहाव बढेको अवस्थामा अझ धेरै विधुत उत्पादन गरि व्यवस्थित गर्न सकिने छ ।







