प्रर्वतिय प्रहरी प्रर्वदन प्रर्तिष्ठान स्थापनाका लागी सम्भाब्यता अध्यायन गर्न मन्त्री भण्डारी , सहितको टोली जुम्लामा


दिलमाया शाही

जुम्ला ःप्रर्वतिय प्रहरी प्रर्वदन प्रतिष्ठान स्थापनाको लागि स्थगत्त सम्भाब्यता अध्यायन गर्न कानुन मन्त्री भण्डारी सहितको एक टोली जुम्लामा पुगेको छ । कर्णाली प्रदेशका दश जिल्लालाई लक्षित गर्दै प्रर्वतिय प्रहरी प्रर्वदन प्रतिष्ठान स्थापनाको लागि उक्त टाली जुम्लको नामिडाँडामा सम्भाब्यता अध्यायन गर्न पुगेको हो ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी कर्णाली प्रदेश जुम्ला क्षेत्र नंम २का संसद पदम रोकाया ,कर्णली प्रदेश प्रहरी प्रमुख ,बसन्त पन्त ,जिल्ला प्रशासन कार्यालय जुम्ला का प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधब काफ्ले ,शसस्त्र प्रहरीका प्रमुख गगन श्रेष्ठ जिल्ला प्रहरी अनुसन्धान प्रमुख लगायत सरोकारवालाको टोली सिंजा गाउँपालिका वडा नः १को डिग्रागाउमा पर्ने नागिडाँडामा स्थलगत्त सम्भाब्यता अध्यायन पुगेको थियो ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने समग्रह कर्णालीको समृद्धिको लागि प्रबतिय प्रहरी प्रर्वदन प्रतिष्ठान स्थापना गर्ने बताए । उनले भने , सिजा खसभाषाको उत्तपति भएकाले पनी बिकास गर्न जरुरी छ । यसकारणले हामीले प्रबतिय प्रहरी प्रर्वदन प्रतिष्ठान स्थापनाका लागी सम्भाब्यता अध्यायन गर्न आएका छौ ।उनले भने ,सिजा क्षेत्रको बिकासका लागी हाम्रो ध्यान केन्द्रित छ । उनले स्थलगत्त अध्यायन गर्न हाम्रो टोली नागिडाँडामा आएको छ । हामी यस क्षेत्रको भुगोलबारे बिस्तृत अध्यायन गर्ने छौ । उनले भने प्रबतिय प्रहरी प्रर्वदन प्रतिष्ठान स्थापना गर्नका लागी निश्चत मापदण्ड छन । तोकिएको मापदण्ड पुरा भएको खण्डमा सिजा क्षेत्रमा नै , प्रहरी तालिम केन्द्र स्थापना गर्ने बताए ।
नागरिकका गुनासो सुन्न मन्त्री भण्डारी घरदैलो कार्यक्रम

जुम्ला जिल्लाको बिकासको बलियो खम्बा भनेर चिनिने मन्त्री भणडारी ,जुम्लाको जिल्लाको बिपद जोखिम , खाने पानीका समस्या , भौतिक संरचनाको अबस्था लगायतका बिषयमा सरोकारवाला बिचको छफफलमा ब्यस्त खेदीएका छन। मन्त्री भण्डारी यतिबेला जुम्लाको ग्रामीण बस्ती बस्तीमा पुगेका हुन ्। त्यहाँका नागरिकका समस्या बुझ्न र गुनासा सुन्न उनले गाउँबस्तीमा पुगेको बताएका छन ।

उनी भन्छन ‘देश संघीयतामा गएसँगै आफ्नो गाउँको समृद्धिका लागि नेकपा आवश्यक छ।’ उनका अनुसार प्राकृतिक हिसावले धनी र भौगोलिक हिसाबले पछाडि परेको जुम्लाको विकासका लागि कर्णाली प्रदेशसरकार लागी परेको छ। उनले भने, ‘कसैले आरोप लगाउँदैमा नेकपाको सरकार नागरिकको विकास र मुलुकको समृद्धिका लागि पछि हट्दैन। उनले नागरिककै विकास र समुद्धिका लागि आएको सरकार भएको उल्लेख गर्दै नेकपाको सिद्धान्त ,ब्यक्तिमुखी नभएर नागरिकमुखी भएको जिकिर गरे।

सम्बन्धित समाचार