पूर्ण अशक्त दिदिवहिनीलाई मानव सेवा आश्रममा पुनस्र्थापना

दिलमाया शाही

जुम्लाका पुर्ण अशक्त दिदिबैनीलाई मानव सेवा आश्रममा पुनस्र्थापनाका लागी पठाइएको छ । जुम्लाको गुठिचौर गाउँपालिका २ निवासी पूर्ण अशक्त भएका निर्मला बुढा र बिष्णुमाया बुढालाई मानव सेवा आश्रममा पुनस्र्थापनका लागी पठाइएको हो । उनिहरुलाई संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानवसेवा आश्रममा तत्कालका लागि पुनस्र्थापना गरिएको हो ।
उनिहरु झण्डै १२ बर्ष समम्म जुम्लामा संरक्षण भईरहेको थियो । उनिहरुको लागी घरमा संरक्षण गर्न नससक्ने भएकाले सुर्खेतमा मानवसेवा आश्रमले संरक्षण शुरु गरेको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ । गुठिचौर गाउँपालिकाले एक जना सहयोगी सहित जहाँजबाट सुर्खेत पठाउन सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले १५ हजारका दरले तीन जनालाई यातायात खर्च र १० हजारको मानव सेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि भनेर २५ हजार सहयोग गर्ने निर्णय भएको बताए ।

आठ बर्ष सम्म स्थानीय चन्दननाथ नगरपालिका ३ निवासी सम्झना शाहीले घरमा उनिहरुलाई संरक्षण गरिरहनुभएको थियो ,। पछिल्लो समयमा उहाँ सदरमुकाम वाहिर रोजागारीको सिलसिलामा सिञ्जामा जानुपर्ने भएकाले संरक्षण अभाव भएको भन्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी , समाजिक बिकास कार्यालयका प्रतिनिधि सहितको सरोकारवाला निकायको रोवरमा प्रशासनमा भएको वैठकले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीको समन्वयमा आश्रममा पठाउने निर्णय गरेको थियो । गाउँपालिकाले आवश्यक कागजात पुरयाएर भाडा सहित जहाँजमा सुर्खेत पठाएपछि आश्रममा तत्कालका लागि व्यवस्थापन गरिएको महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन । उनले सडकमा रहेका मानवहरुको आश्रयको रुपमा स्थापित यो स्थानमा तत्कालका लागि पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति निर्मला र बिष्णुमायालाई पनि राखिएको बताइन । उनले भनिन् उनिहरुका लागी भिन्नै अपाङ्गता अनुकुल संरचना रहेको छ । उनले संरक्षणनै नभएका उनिहरुलाई राख्नुपर्ने अवस्था आएकाले जुम्लावाट यहाँ सम्म पठाउने सवैलाई आभार ब्यक्त गरेकी छन ।
उनिहरुको आमाको निधनपछि १२ बर्ष अघि गुठिचौर गाउँपालिका २ कुडि गाउँका वुवा विरवहादुर बुढाले उनिहरुलाई उपचारका लागि सदरमुकाम ल्याएका थिए ।

तत्कालिन समयमा आईएनएफमा छोडेर घर फर्किएका उनी फेरी नफर्किएपछि एक पटक स्थानीय प्रशासनले प्रहरी लगाएर पक्राउ गरि उनिहरुलाई जिम्मा लगाएको थियो । तर घरमा अपाङ्गता अनुकुलको बाताबरण नभएपछि फेरी सदरमुकाम ल्याईएको आठ बर्ष संरक्षण दिइएको सम्झना शाहीले बताइन । अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालका अनुसार तत्कालिन समयमा जिविसको सहयोगमा जिल्लामै पुनस्र्थापना केन्द्र निर्माण गर्ने उद्देश्यले भवन शुरु गरेका थियौ । संघीय संरचना पछि सो भवन अधुरो भएकाले अहिले सडकमा धेरै व्यक्तिहरुलाई पुनस्र्थापन गर्न नसकिएको बताए । उनले भने मस्तिक्स पक्षघातको समस्या भएका निर्मला र बिष्णुमाया वाकरको सहायताले सामान्य हिड्ने प्रयास गर्छन । तर शौचालय, कपडा लगाउने काम, सरसफाई देखि दैनिक क्रियाकलपाहरु सहयोगीको भरमा मात्रै काम गर्न सकिन्छ । त्यही अनुसारको शौचालय चाहिन्छ, सहायक सामग्री चाहिन्छन् । उनिहरु जस्तै धेरै व्यक्तिहरु गाउँमा पिडामा बस्न वाध्य भएका छन । सहारा बिहिन र मानसिक समस्या भएका ब्यक्तिका जुम्लामा पुनस्र्थापना केन्द्र हुन आबश्यक रहेको छ ।