संसद् विघटनको निर्णय फिर्ता नगरिए आन्दोलनको आँधीबेरी ल्याउने ः नेकपा जुम्लाको चेतावनी


दिलमाया शाही
मंगलबार जुम्लामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै संसद गजेन्द्र बहमदुर महतले संसद् विघटनको निर्णय फिर्ता नगरिए जनताले आन्दोलनको आँधीबेरी ल्याउने बतएका छन । ‘यदि संविधानमाथिको प्रहार सच्याउन सकिएन भने भोलि आँधिबेरी आउनेछ,’ उनले बिरोध सभामा भने,‘समयमा नै गल्ती सच्याएनौ भने २ सय ५० वर्ष पुरानो व्यवस्था फाल्न सक्ने जनताले तिमीहरूलाई बढार्न बाध्य हुनेछन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विचारबाट स्खलित भइसकेको निरंकुश तानशाहको संज्ञा पनि दिएका छ । उनले ओलीबाट संविधानमाथि अहिलेसम्मकै ठूलो निर्मम प्रहार भएको समेत आरोप लगाएका हुन । तर आज जुन ढंगले हामीलाई जनताले भोट दिएका थिए। हामीले त्यसैअनुसार सम्मान पाएका थियौं। उनले थपे हामीले केपी लाइ चिन्न नसकेर भुल गर्यौ । केपीलाई गणतन्त्रको प्रधानमन्त्री बनाएका थियौं। तर आज आएर ’केपी ओली सर्वसत्तावादी भए संसद महतले भने ।त्यस्तै पुर्वराज्य मन्त्री गोमा कुवरले भनिन् अढाई सय वर्ष पुरानो राजतन्त्र फाल्ने जनताले ‘तिमीहरू’लाई बाँकी राख्ने छैनन । उनले भनिन ,सरकारको पछिल्लो कदम सच्चिएन भने आँधीबेरी आउने छ । सबै कुरा अब लोकतन्त्र सुदृढ हुन्छ भन्ने लागेको थियो। जनताले दुख पाउँदैनन् भन्ने लागेको थियो। तर आज संघीय लोकतन्त्रमाथि केपी ओलीले संविधानमाथि कु गरे। जनताको अधिकार खोसे, उनले भनिन , त्यसविरुद्ध केपी लागे। आजैदेखि केपीविरुद्ध हामी लागेका छौं। जबसम्म संघीयल लोकतन्त्र आउँदैन तबसम्म सडक आन्दोलन गरिरहन्छौं। केपी ओली जनताको अधिकार खोस्न लागे। कमरेड केपी ओली हैन सर्वसत्तावादी केपी ओली भए। हामीले खुट्टा कमाउनु पर्ने अवस्था छैन। हामी कतै पनि अलमलिने छैन। संकल्पसाथ अघि बढ्छौं। सवैहारा वर्गको पाटी नेकपा हो ।कस्ता कस्ता शासक त ढले सर्वस्तावादी केपी ओली पनि ढल्नेछन् राज्यमन्त्री कुवरले भनिन,
सहिदको रगत्तले बनाएको संविधान प्रधानमन्त्रीले कु, गरेको भन्दै जुम्लामा बिरोध

प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपती बिद्यादेवी भण्डारीको कदमको विरोध गर्दै जुम्ली जनता सडकमा आएका छन । नेकपा प्रचण्ड–माधव पक्षको समूहले जुम्लामा बिरोध सभा गरिरहेको छन । जुम्लाको खलंगाका भइरहेको बिरोधकार्यक्रममा सहभागी सबै जुम्ली जनताको एउटै आवाज छ । सहिदको पसिना र रगत्तले लेखीएको संविधान ओली र बिद्याको प्रेम पत्रहोइन जतिबेला जे मन लाग्छ त्यही गर्ने भन्दै चर्को नाराबाजी गरेका छन । उनीहरुले भनेका छन ,गणतन्त्र ल्याउन धेरै योद्धाले ज्यान गुमाएका छन । यो प्राप्तीका लागि सबैको उत्तिकै भूमिका छ ्।ओली र बिद्याले प्रेमपत्र जस्तो सहज तरिकाले संविधानको खिल्ली उडाएको भन्दै हजारौको संख्यामा नेताकार्यता र जनता सडकमा आएका छन । नेकपाका जुम्ला जिल्लाका अध्यक्ष बिर बहादुर कुवरले भने हामीलाई गणतन्त्र आयो लोकतन्त्र आयो संघीयता आयो भनेर लागेको थियो। हामीले संविधान बनाएपछि सुशासन कायम हुन्छ सोचेका थियौ । उनले भने अब बहुमतको सरकारले देश अघि बढ्छ भन्ने लागेको थियो। तर आज आएर ’केपी ओली सर्वसत्तावादी भए, तर हामीले खुट्टा कमाएका छैनौं’ । बिरोध सभामा सहभागी भएका झण्डै ५ हजारसहभागी सबैको समय प्रधानमन्त्री केपी ओली र राष्टपती भण्डारीको विरोध र उनको आलोचनामा खर्चिएका थिए ।