बेसहाराको अभिभावक बन्दै ः प्रजिअ थापा



दिलमाया शाही
जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अभिभावक विहिन नागरिकले सडकमा बस्न नपर्ने बताएका छन । जिल्ला प्रशासन कर्यालय जुम्लाले सडक मानवरहित जिल्ला बनाउनका लागी बुधबार अनुगमान गरेको छ ।  यस अघि कर्णाली प्रदेश सरकाले पनि सडक मानव रहित बनाउने घोषणा गरेको थियो । जुम्ला जिल्ला यातायातको पँहुजमा पुगेपछि यहाँ  बेवारीसे मानिसको संख्या बढ्दै गएको छ । प्रजिअ थापा नेत्वको एक टोलीले जुम्ला बजारका विभिन्न स्थानमा बसेर मागेर खाने भेटिने गरेका तथा राज्यको सहयोग आबश्यक परेकालाई न्यानो कपडा बितरण गरेको छ । प्रजिअ थापाले हिमपात प्रतिकार्य तथा पुर्वतयारी योजना अन्तरगत्त वेबारीसे अबस्थाका ब्यक्तिलाइ सहयोग गरिएको बताए । उनले भने जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक बसेर साहारा विहिन ब्यक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो । उनले थपे सडक मानवरहित जिल्ला बनाउनका लागी स्थानियतह र कर्णाली प्रदेश संग समन्वय गरेर उनिहरुको ब्यवस्थापन गरिने छ । प्रजिअ थापाले भने पाप पखाल्न मन्दिर नै जानु पर्दैन सहाराबिहिनको गाँसबाँसको ब्यवस्था गरे पुग्न छ । उनले थपे, ’तर हाम्रो देशमा भने त्योभन्दा पनि कसैलाई कसरी लुट्न,ठग्न सकिन्छ भन्नेमा मात्रै ध्यान जाने प्रवृत्ति मौलाइरहेको पाइन्छ ।’

प्रजिअ थापाले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी बुझ्दै वेसहाराको सेवा गर्नु पर्नेमा जोड दिए। ’ उनलेआगामी  दिनमा समाजमा रहेका न्युन आयस्रोत भएकाका लागी कपडा बैंकको स्थापना गर्ने बताए । उनले भने त्यो कपडा बैकं भएकाले कपडा दिएर जाने , नभएकाले लगाएर जाने भन्ने खाल्लको सन्देश लेखीएको हुने छ । यसका लागी सबै सरोकारवालाई आग्रअ गरिने छ । सबैले निःस्वार्थ रुपमा काम गर्ने गरी कामको शुरूआत गरौं। जुम्लामा समृद्धि ल्याउन अगाडी बढँौ । उनले भने ‘त्यसका लागि सकारात्मक सोचको विकास गरौं। सबैलाई सहयोग गरौं। सबैलाई माया गरौं।’ सडक मानवरहित जुम्ला बनाउन । प्रजिअ थापाले भने बेसहारा, अशक्त, असहाय, अभिभावक विहीन एकल महिला अब सडकमा बस्नुपर्ने दिन अन्त्य हुन आबश्यक छ ।

यस्ता व्यक्तिका लागि स्थानिय र प्रदेश सरकार पनि अघिबढेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले र सामाजिक विकास कार्यालयलाइ बेसहाराको डाटा संकलन गर्न लगाएको भन्दै, आगामी दिनमा यस्ता ब्यक्तिको ब्यवस्थापन हुने बताए । जुम्लाको केटीएस ,बस्पार्क बिजय नगर , कालीखोली लगायतका बिभिन्न स्थानमा बसेर माग्दै दैनिकी गुजारा गर्दै आएका बेसहारा ९जनालाई न्यानो कपडा, ज्याकेट र कम्बल बितरण गरिएको छ । उनीहरूको उद्धार गरेर सुर्खेतको आश्रममा पठाउनका लागी तत्काल पहल गर्ने प्रशासन कार्यालय जुम्लाले जनाएको छ । एक तर्फ सडक पेटीमा माग्दै दैनिकी गुजार्नेहरूलाई उद्धार गरेर आश्रममा राख्नका लागी जुम्लामा भवनको अभाव भएको छ । भने अर्को तर्फ प्रत्येक स्थानिय तहले उनिहरुको यकिन डाटा संकलन गर्न आबश्यक रहेको छ । प्रहरी ,प्रशासनले आगामी दिनमा यस्ता खाल्का क्रियाकलाप नियमित संञ्चालन गरिने बताएको छ ।