नेपाली कम्युनिष्ट पार्टी-जुम्लाद्वारा पत्रकार भेटघाट सम्पन्न

जुम्ला : नेपाली कम्युनिष्ट पार्टी–जुम्ला, प्रतिनिधिसभा निर्वाचन परिचालन समितिले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।निर्वाचन परिचालन कमिटिका संयाेजक गाेमा गाैतम कुंवरले पत्रकार सम्मेलनमा कार्यक्षेत्रकाे जिम्मेवारीका बारेमा जानकारी दिनु भएकाे हाे ।
पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार नरेश भण्डारी, समानुपातिकतर्फका उम्मेदवार तिर्थबहादुर बुढा, पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले जिल्लाभर घरदैलो, भेटघाट, बैठक तथा प्रशिक्षण कार्यक्रम तीव्र रूपमा सञ्चालन गरिरहेको जानकारी दिइयो। प्रचार–प्रसारमा सहयोग गर्ने सञ्चारकर्मी र शुभेच्छुकप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ।

यसैबीच, २०८२ माघ १७ गते सम्पन्न जिल्ला स्तरीय बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण भेलाबाट नेपाल सरकारका पूर्व राज्यमन्त्री तथा केन्द्रीय सदस्य गोमा गौतम कुँवरको संयोजकत्वमा १ हजार ९ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी गराइएको छ। समिति जिल्लाका आठै वटा गाउँपालिका, वडा र मतदान केन्द्रसम्म क्रियाशील रहने जनाइएको छ।
पत्रकार भेटघाटमा वक्ताहरूले जुम्लामा नेपाली कम्युनिष्ट पार्टी जनताको भरोसाको पार्टी भएको दाबी गर्दै विगतमा पार्टीका जनप्रतिनिधिको नेतृत्वमा भएका विकास निर्माणका कामहरूको चर्चा गरे। साथै, आगामी निर्वाचनलाई गणतन्त्रको रक्षा र लोकतन्त्र सुदृढीकरणसँग जोडिएको निर्णायक निर्वाचनको रूपमा व्याख्या गरिएको छ।
कार्यक्रमको अन्त्यमा जुम्लेली जनतालाई प्रत्यक्षतर्फ नरेश भण्डारी र समानुपातिकतर्फ तिर्थबहादुर बुढालाई तारा चिन्हमा मतदान गरी विजयी गराउन अपिल गरिएको छ

सम्बन्धित समाचार