निर्वाचन आयोगको निर्णय हामी खारेज गर्छौं, वैधानिक लडाइँ लड्छौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय आफूहरु नमान्ने बताएका छन् ।
शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनबाट सभापति चयन गरेको गगन थापाको नेतृत्वलाइइ आधिकारिक घोषणा गरेको छ । उक्त घोषणापछि खड्काले उक्त निर्णयलाई खारेज गर्ने बताएका हुन्।

‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण आएको छ। जुन हामीले आशंका गरेका थियौं। षड्यन्त्र पूर्ण निर्णय आएको छ,’ उनले भने, ‘निर्वाचन आयोगले यो भन्दा अगाडिको दलको विवादको भन्दा विपरितको निर्णय आएको छ। त्यसैले यो निर्णय नेपाली कांग्रेस खारेज गर्दछ। यो निर्णय अमान्य छ।’

उनले अब राजनीतिक र वैधानिक सबै किसिमका लडाइँ लड्ने पनि बताए।

‘राजनीतिक, वैधानिक सबै किसिमका सबै लडाइँ लड्छौं, के के स्वरूप हुन्छ बैठक बसेर निर्णय गर्छौं,’ उनले भने।