निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई मान्यता
काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।
शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए । दुवै निवेदनपछि गगन थापाले नेतृत्व गरेको कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो ।
यो संगै आयोगबाट थापा नेतृत्वको कांग्रेसले आधिकारीकता पाएको छ ।








