गगन थापाको घोषणा कांग्रेसबाट गुट सकियो, एकताबद्ध हौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसमा गुट सकिएको घोषणा गरेका छन् । निर्वाचन आयोगले शुक्रबार उनको नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि उक्त कुरा बताउदै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

उनले विज्ञप्ति जारी गर्दै अब कांग्रेसमा गुट सकिएको घोषणा पनि गरेका छन् ।