जुम्लाको तिला गाउँपालिकामा पढाइ सूचारु

दिलमाया शाही
जुम्लाको तिला गाउँपालिकामा रहेका विद्यालयमा पढाइ सूचारु भएको छ । गाउँपालिकाले शैक्षिक क्षेत्र धरापमा परेको भन्दै आईतवार देखी पढाई शुरु गरेको हो । गाउँपालिकाले दुई सिप्टमा विद्यालयमा पढाई शुरु गर्ने भन्दै पढाई सुचारु भएको तिला गाउँपालिका सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए । उनले भने गाउँपालिका शिक्षा समितिको वैठकले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि विद्यालय खुलेका छन् । उनका अनुसार विद्यालयमो स्वास्थ्य सुरक्षा मापदण्ड तथा भौतिक दुरी कायम गर्दै पढाई शुरु गरिएको छ । तिला गाउँपालिकाका सवै जसो विद्यालय आईतवार खुलेपछि पढाई शुरु भएको गाउँपालिकाले जनाएको छ ।
विद्यालयमा जति विद्यार्थी आउछन सोही अनुसार विद्यार्थीलाई पढाई शुरु गरिएको विद्यालयहरुले जनाएका छन् । तिला गाउँपालिकाको आधारभुत विद्यालय नाभिडाडाले ५० प्रतिशत विद्यार्थी विद्यालयमा आएको बताएको छ । प्रधानाध्यापक मानबहादुर शाहीले भने पहिलो दिन भएकाले केही विद्यार्थी कम आएका छन ।

त्यस्तै शिक्षक खिमा शाहीले भनिन , पहिलो दिन लगभग १५० जना विद्यार्थी आएका छन । उनका अनुसार लामो समय पछि विद्यालय खुलेपछि विद्यार्थी खुशी भएका छन ।त्यस्तै सरस्वति माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहका अनुसार विहान ९ बजे देखी १ बजे सम्म आधारभुत तहको पढाइ हुने छ । भने १ बजेदेखी ४ बजे सम्म १२ सम्म कक्षा पढाउने निर्णय पढाई सुचारु गरिने छ । आजभोली कक्षा ११ को र १२को परीक्षा समेत संचालन भईहेकोले र तिहार पछि समुह बनाएर पढाई हुने छ । तिला गाउँपालिकामा २७ वटा विद्यालय रहेका छन् । जिल्लाभर कोरोनाको कारण गत चैत्र १० गतेबाट विद्यलाय बन्द भएका थिए ।