पातारासि गाउँपालिकाका विद्यालयमा पठन, पाठन कार्य सुरु ।

जुम्लाको पातारासि गाउँपालिकाका विद्यालयमा अध्ययन सूचारु भएको छ । कोरोना भाइसरका कारण शैक्षिक क्षेत्र धरापमा परेको भन्दै पातारासीले २३ गते देखी पढाई शुरु गरेको हो । पातारासि गाउँपालिका अन्तर्गत रहेका सबै विद्यालयमा आइतबार बाट पठन, पाठन कार्य सुरु भएको छ । गएको चैत महिना देखि बन्द रहेका बिद्यालय तिला र पातारासीका दुइ पालिकाका विद्यालयमा पढाई सुरु भएकोे हो । गाउँपालिकाले दुई सिप्टमा विद्यालयमा पढाई गर्ने भन्दै पढाई सुचारु भएको छ । पातारासी गाउँपालिका शिक्षा समितिको वैठकले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि विद्यालय खुलेका छन्