भारतको अन्धु गाउँमा रोजगारीमा गएका जाजरकोटका टक बहादुर बि.क. ९ दिनदेखि बेपत्ता

जुम्ला : जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका–९, सक्ला लुहादरा निवासी ४६ वर्षीय टक बहादुर बि.क. भारतको अन्धु गाउँमा रोजगारीको सिलसिलामा गएका अवस्थामा ९ दिनदेखि बेपत्ता भएका छन्।

करीब ५ महिना पहिले  देखि भारत गएका बि.क. अन्धु गाउँस्थित नदी किनारमा बस्दै आएका थिए। स्थानीय मिलन सिंहका अनुसार, उनी बेपत्ता भएको स्थानमा टक बहादुरले लगाएको जाकेट, त्यसको खल्तीमा रहेको चुरोट, मोबाइल फोन  दिलबाग नामको नदीको किनारमै भेटिएको छ। ती सामग्री फेला परेपछि उनी नदीमा बगेको आशंका गरिएको छ।

उनका भाई गोपाल बि.क.ले हालसम्म कुनै पत्तो नलागेको भन्दै सम्बन्धित निकाय, समाजसेवी र सरोकारवालाहरूलाई खोजतलासीमा सहयोग गर्न अपिल गरेका छन्। “न सास भेटिएको छ, न लास”, उनले भने। जाजरकोटबाट गएका अन्य मजदूरहरूले पनि घटनास्थल आसपासको नदी किनारमा खोजी कार्य गरिरहेको जनाइएको छ।सहयोग गर्न चाहनेहरूले  ९१०३७८९८२६ मा सम्पर्क गर्न सकिनेछ

सम्बन्धित समाचार