“हामी शरणार्थी होइनौं”: मुगाली समुदायको सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति कडा आपत्ति
जुम्ला : नेपाली सामाजिक सञ्जालमा संसद छिरिङ ल्यामु ल्यामाे लामा तामाङकाे बिषयलाई लिएर मुगाली समुदायलाई “शरणार्थी” भनेर उल्लेख गरिएको अभिव्यक्तिप्रति मुगाली (Mugali/Mugum) समुदायले कडा आपत्ति जनाएका छन्।
समुदायका अगुवाहरू, बुद्धिजीवीहरू तथा स्थानीय नेतृत्वहरूले यो धारणा “पूर्णतः आधारहीन, अज्ञानी र अपमानजनक” रहेको भन्दै खारेज गर्न भनेका छन्। उनीहरूले स्पष्ट रूपमा भनेका छन् ।“हामी शरणार्थी होइनौं, हामी नेपालको मौलिक, स्वदेशी जनजाति हौं।”
उनीहरूका अनुसार मुगाली समुदायको ऐतिहासिक जरा सदियौँदेखि मुगु जिल्लासहित कर्णाली क्षेत्रको हिमाली भेगमा गढिएको छ। तिनको भाषा, धर्म, संस्कृति र परम्परा नेपालकै मौलिक विविधताभित्र अट्ने महत्वपूर्ण सम्पदा हो।
सामाजिक सञ्जालमा फैलिएको आपत्तिजनक टिप्पणीप्रति आलोचना
सांसद छिरिङ ल्यामु ल्यामाे लामालाई सामाजिक सञ्जालमा मुगाली समुदायलाई “शरणार्थी” भनेर उल्लेख गरेको सामग्री सार्वजनिक भएपछि समुदायभित्र गहिरो रोष उत्पन्न भएको छ। यस विषयमा Karma Gyuntsen नामक एक व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्:
“The Mugum (also called Mughali or Mugal) community in Nepal is considered an indigenous group…“
यसको समर्थनमा समुदायले पनि एकमत देखाएको छ – “हामीलाई विदेशी वा शरणार्थी भन्ने अभिव्यक्तिले हाम्रो आत्मसम्मानमा गम्भीर चोट पुर्याएको छ।“
पहिचानको रक्षा र चेतावनी
मुगाली समुदायले सामाजिक पहिचान, जातीय स्वाभिमान र ऐतिहासिक अस्तित्वमाथि हुने यस्ता आक्षेपहरूप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। उनीहरूले भनेका छन् ।
“पहिचानबिनाको समाज जस्तो, इतिहासबिनाको भविष्य हुँदैन। हामी हाम्रो पहिचानमाथि आँच सहँदैनौं।”मुगाली समुदायले सम्पूर्ण राजनीतिक दल, नेतृत्व, संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्ता गम्भीर विषयमा संवेदनशील हुन आग्रह गर्दै स्पष्टीकरण र क्षमायाचनाको मागसमेत गरेका छन्।उनीहरूको भनाइ छ।“हाम्रो पहिचान गुम्न दिने छैनौं, यो हाम्रो अस्तित्व र अधिकारको प्रश्न हो।भनेका छन ।









