रेमडिसिभर र प्लाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी हुदै।

महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध १ सय ५४ वटा खोप विकास भइरहेको छ । यी मध्ये ४४ वटा खोप परीक्षणका लागि मानिसमा प्रयोग गरिएको छ । यसबाहेक इबोलाविरुद्ध प्रयोग हुने रेम्डिसिभर नामक खोप कोरोनाविरुद्धको उपचारमा पनि प्रभावकारी देखिएको छ । कोरोना सङ्क्रमणका सुरुका दिनमा नेपालमा १ लाख रुपैयाँसम्म रेमडिसिभरको खरिदबिक्री भयो तर सरकारले नै यो खोप प्रयोगको अनुमति दिएपछि अहिले एक भाइलको ६ हजार चार सय रुपैयाँ तिर्नुपर्छ । एक पटक मात्रा पुग्ने गरी राखिएको एक सिसीलाई एक भाइल भनिन्छ । कोरोना सङ्क्रमित बिरामीलाई दुई चरणमा रेमडिसिभर औषधिको थेरापी दिइन्छ ।

जसमा सामान्य अवस्थामा रहेका बिरामीलाई ५ भाइल र अक्सिजनसहितको बिरामीलाई ११ भाइल दिनुपर्ने चितवनको भरतपुरस्थित कोभिड अस्पतालका संयोजक डा. प्रमोद पौडेल बताउनुहुन्छ । नेपालमा रेमडिसिभर औषधि आयातका लागि भारतका तीनवटा कम्पनीले मान्यता पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर तोकिएका औषधि पसल र औषधि उद्योगबाट मात्रै यो औषधि चिकित्सकको सिफारिसमा खरिद बिक्रि गर्न भनेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । औषधि व्यवस्था विभागका अनुसार हालसम्म नेपालमा १५ हजार भाइल रेमडिसिभर आइसकेको छ भने बङ्गलादेशबाट १० र भारतबाट ६ हजार भाइल आउँदैछ ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुलाईरेम्डिसिभर र प्लाज्मा थेरापी पद्धतिबाट संयुक्त रुपमा गरिएको उपचार प्रभावकारी पाईएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानबाट कोरोना सङ्क्रमितको लागि रेम्डिसिभर र प्लाज्मा थेरापी दुबै बिधिबाट गरिएको उपचार प्रभाबकारी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिब डा. प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार