विद्युतकार्यालयद्वारा एक महिनापछि बिलिङ सेवा सुचारु ।
नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा शुरु गरेको छ । कार्यालयका तीन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गत असोज १३ गतेदेखि सम्पूर्ण सेवा बन्द रहेको थियो ।विद्युत महसुल बुझाउन आउने ग्राहक र उनीहरुका घरमा विद्युत खपतको बिल काट्न जाँदा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले बन्द रहेको कार्यालयहिजोदेखि पुनः सञ्चालनमा आएको कार्यालय प्रमुख लालबहादुर लम्सालले जानकारी दिनुभयो ।असोज महिनामा तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि उपभोक्ताको बिल नकाटिएको भए पनि भदौमा ग्राहकले तिरेको विद्युत महसुलका आधारमा विद्युत खपत गरेको शुल्क तिर्नुपर्ने बताएको छ । हिजोदेखि कात्तिक १९ गते एक हप्तासम्म असोज महिनाको महसुल तिर्न आउने ग्राहकलाई जरिवाना नलाग्ने र त्यसपछि जरिवाना लाग्ने भएको पनि कार्यालयले जनाएको छ ।








