जुवा खेल्दै गरेका पातारासीका १० जना नगद सहित प्रकाउ
जुम्ला :जुम्लाको पातारासी गाउँपालिका–५ स्थित लासी बजारकाे हाेटलबाट जुम्ला प्रहरीले जुवातास खेल्दै गरेका १० जनालाई नगद सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा खटिएको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएकाे हाे ।प्रहरीका अनुसार शुक्रबार साँझ पातारासी–५ मा रहेको ओम हिमा होटलमा जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनिहरुबाट १ लाख २८ हजार २ सय रुपैयाँ नगद समेत बरामद गरेको हाे ।
जुम्ला प्रहरीका अनुसार प्रकाउ पर्नेहरूमा पातारासी–५ का ३२ वर्षीय धन बहादुर बुढा, पातारासी–४ का ३२ वर्षीय श्याम बहादुर रेउले, पातारासी–५ का ३१ वर्षीय कर्ण बुढा, सोही वडाका ४० वर्षीय नैन बुढा, पातारासी–६ का ३२ वर्षीय पुर्ण सिंह महातरा, ५ का ४२ वर्षीय गोबिन्द बुढा, ४ का ३५ वर्षीय राम बुढा, ७ का ३० वर्षीय अनिल खड्का, ६ का ३६ वर्षीय गोरख बुढा तथा होटल सञ्चालिका ४८ वर्षीया उर्मीला बुढा रहेका छन्।
त्यस्तै प्रहरी निरीक्षक हमालका अनुसार गुप्य सूचनाका आधारमा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बताए ।जुवाको खाल बनाई खेलिरहेका छन् भन्ने सूचना पाउँदा तत्काल टोली परिचालन गरी पक्राउ गरियो हाे ।,”उनले भने,उनिहरुमाथी अनुसन्धान भइरहेको छ। प्रहरीले जुवा खेलाउने, खेल्ने तथा होटल सञ्चाललाई समेत ल्याएकाे हाे । त्यस्ता गतिविधिलाई प्रश्रय दिनेहरूमाथि कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।








