सिंजा–१ निःशुल्क स्वास्थ्य शिविर, ३सय २१ जनाले लिए सेवा

 

जुम्ला :जुम्लाको सिंजा गाउँपालिका वडा नं. १ मा शुक्रबार एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा ३२१ जनाले स्वास्थ्य सेवा लिएका हुन ।

स्वास्थ्य शाखा प्रमुख ललित बहादुर रोकायाका अनुसार, सेवा लिनेमा १८६ जना महिला र १३५ जना पुरुष रहेका छन्। उनका अनुसार शिविरमा विशेषगरी स्त्रीरोग, हाडजोर्नी, बालरोग, जनरल चेकअप तथा परामर्श सेवा प्रदान गरिएको थियो।

स्त्रीरोग सेवामार्फत १३६ जनाले सेवा लिएका थिए। जसमा भिआईएम ५५ जना, भिआईए पोजेटिभ ८ जना, रिफर ८ जना तथा रिङ पेसरी १४ जनामा राखिएको छ।

त्यसैगरी, हाडजोर्नी सेवाबाट १९५ जना, बालरोग तर्फ ४५ जना, जनरल सेवाबाट १८० जना र परामर्श सेवाबाट २६ जनाले लाभ लिएका छन्।

शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. कमल थानी सहितको स्वास्थ्यकर्मी टोली शिविरमा  खटिएको थियो।

त्यस्तै शिविरकाे उद्घाटन सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले संयुक्त रूपमा गरेका थियो। स्थानीयस्तरमा आयोजित यस शिविरले समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तारमा सहयोग पुगेको जनाइएको छ।

सम्बन्धित समाचार