समन्वय समिति जुम्लाको आठौं जिल्ला सभाले वातावरण संरक्षण र अवैधानिक नदीजन्य सामग्रीको उत्खनन रोक्ने निर्णय

जुम्लाः जिल्ला समन्वय समिति (जसस) जुम्लाले आफ्नो आठौं जिल्ला सभा सफलतापूर्वक सम्पन्न गरेको छ। जुम्ला सदरमुकाम खलंगामा सम्पन्न सभामा जिल्लाका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सभामा आर्थिक २०८१/८२ समिक्षा गर्दै ,आगामी आर्थिक वर्ष २०८२ /८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्या र प्रमुख अथिति पुर्व राज्य मन्त्री गोमा गौतम कुंवरले सभा उद्घाटन गर्दै जिल्लामा विकास निर्माण, समन्वय र अनुगमनमा समितिले खेलेको भूमिकाको चर्चा गरिएको थियो ।

प्रमुख अथिति पुर्व राज्य मन्त्री गोमा गौतम कुंवरले स्थानीय तहबीच सहकार्य, योजनाको समन्वय तथा कार्यान्वयन अनुगमनमा समितिको भूमिका अझ सशक्त बनाउँदै लगिनु पर्ने बताइन । उनले भनिन, “संघीय र प्रादेशिक सरकारसँगको सहकार्य अझ प्रभावकारी बनाउन आग्रह समेत गरिन ।

उक्त सभामा सहभागी स्थानीय तहका प्रमुखहरूले आ–आफ्नो तहको अवस्था, समस्या र आवश्यकता प्रस्तुत गरेका थिए। जिल्ला समन्वयका समन्वय अधिकारी टेक बहादुर बुढथापाले समन्वय समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाले प्रस्तावित कार्यक्रम र बजेट पारित गर्दै आगामी वर्षमा योजना कार्यान्वयनमा थप गति ल्याउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । जिल्ला सभाको समापनमा सहभागीहरूले सभालाई समावेशी, तथ्यमा आधारित र विकासोन्मुख भएको बताएका थिाए । भने आगामी वर्षका योजनाको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन ।

 यस्ता छन सभाका निणर्यहरु
निर्यण नं १ मा छलफल गर्दा सातौ जिल्ला सभाका निर्यणहरु कार्यान्वयनको समिक्षा गर्दै कार्यान्वयन गर्न आवश्यक र बाँकी निर्णय प्रभावकारी रुपमा कार्यान्वय गर्ने निर्णय गरियो ।

निर्णय नं २ मा छलफल गर्दा विद्यमान वातावरण संरक्षण ऐन नियम लगायत प्रचलित कानुन वमोजिम नदिजन्य, खानिजन्य पर्दाथको समेत उत्खनन, संकलनका लागी सम्पूर्ण पालिकाहरुले प्रक्रीया अघि बढाउने निर्णय गरियो ।

निर्णय नं ३ मा छलफल गर्दा समन्वय बाट हुने अनुगमन कार्यलाई सघन वनाउन पहल गर्ने ।

निर्णय नं ४ मा छलफल गर्दा जिल्लाका विभिन्न नाकामा पर्यटन जानकारी वोर्ड निर्माण गर्ने र सो का लागि स्थान र संख्या समन्वय समितिमा प्रस्ताव गरि गाउँपालिकाहरुमा पठाउने ।

निर्णय नं ५ मा छलफलमा चालु आय व्यय अनुमोदन एंव आगामी आ.व को प्रस्तावित आय व्याय अनुमोदन पारित गर्ने निर्णय गरियो ।

निर्णय नं ६ निर्माणधिन जिल्ला समन्वय समितिको बहु उदेश्यीय भवनको निर्माण कार्यमा समन्वय र सहयोग गर्ने निर्णय गरियो ।

निर्णय नं ७ मा छलफल गर्दा सूचना तथा संचार नीति तर्जुमा गरि सूचना बिज्ञापन वैज्ञानिक बाडफाड प्रस्ताव गरि पठाउने निर्णय गराउने ।

निर्णय नं ८ मा छलफल गर्दा सहिद तथा घाइते आपांग बेपत्ता परिवारले पाउनु पर्ने जीवन निर्वाह भत्ता चन्दन नाथ नगरपालिका र तातोपानी गाउँपालिकामा विविध कारणले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निकासा हुन छुट भएकाले यथासिघ्र आवश्यक बजेट निकासा गरि सहयोग गरि दिनु हुन आन्तरिक तथा कानुन मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं ९ मा छलफल गर्दा जुम्ला जिल्लामा उत्पादन हुने स्याउ भाद्र १० गते सम्म टिप्न निर्यात गर्न प्रतिबन्ध लगाउने र सो कार्यका लागि कृषि विकास कार्यालय, स्थानीय तह र सरोकारवाला सबै संघ सस्था सबैले आवस्यक प्रचार प्रसार तथा निर्णय कार्यान्वयनको व्यवस्थापन मिलाउने निर्णय गरियो ।

निर्णय नं १० मा छलफल गर्दा गुठीचौर गाउँपालिका वडा न २ अन्तरगत लाग्ना देखि हाका हुदै धौलीगाड वृहत खानेपानी योजनाको मुहान सम्मको पहुँच सडक निर्माण गरि खानेपानी योजना कार्यान्वयनमा योजनामा सहयोग गरि दिनु हुन् गुठि चौर गाउँपालिका लाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं ११ मा छलफल गर्दा लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरियो, अर्को आदेश नभए सम्मका लागि प्रमुख ज्यु आदेश अनुसार ८ औं सभा समापन गरियो ।

सम्बन्धित समाचार