सिंजामा अपाङ्गता भएका बालबालिकाका लागि आवासीय बालगृह सञ्चालन
जुम्लाः जुम्लाको सिंजा गाउँपालिकामा वाल गृह सञ्चालनमा ल्याएको छ । अपाङ्गता नभएका वालवालिकाको अध्ययनको बालगृह संञ्चालन गरिएको हो । सिंजा गाउँपालिकाले आर्थिक सहयोगमा आर्थिक अभावले पढ्न नपाएका तथा आमा वा वुवा नभएका वालवालिकालाई अध्यायन गर्नका लागि वालगृह तथा स्याहार केन्द्र स्थामपना गरिएको छ ।सिंजा गाउँपालिका ३ फुटासिल आधारभुत विद्यालयमा अध्ययन, अध्यापन गराउने उद्देश्यका साथ गाउँपालिकाले स्थानीय संस्था अपाङ्गता शशक्तिकरण केन्द्रलाई बालगृहको व्यवस्थापनको जिम्मा दिईएको छ ।
जुम्ला जिल्लाको सिंजा गाउँपालिकामा अपाङ्गता भएका र अभिभावक विहीन बालबालिकाका लागि अध्ययन तथा स्याहारको उद्देश्यले आवासीय बालगृह सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको यो बालगृहमा आर्थिक अभावका कारण पढ्न नपाएका, अपाङ्गता भएका तथा आमा वा बुवाको साथ नभएका बालबालिकाहरूलाई समेटिएको छ।
अपाङ्गता सशक्तिकरण केन्द्र नामक स्थानीय संस्थालाई बालगृहको व्यवस्थापनको जिम्मा दिएको छ। गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले संयुक्त रूपमा बालगृहको उद्घाटन गरेका हुन्।
सिंजा गाउँपालिकाका अध्यक्ष धितालका अनुसार पहिलो चरणमा १५ जना विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरूलाई आवासीय सुविधा दिइएको छ। ती बालबालिकाहरू अहिले विद्यालयमा नियमित रूपमा अध्ययन गरिरहेका छन्।
अपाङ्ग सशक्तिकरण केन्द्रका अध्यक्ष सत्यनारायण योगीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सुरथबहादुर रावतले बालगृहको गुणस्तरीय व्यवस्थापनमा गाउँपालिका र वडा कार्यालयले उच्च प्राथमिकता दिने बताए।
त्यस्तै गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालले विद्यालयबाहिर रहेका तथा अध्ययन गर्न नपाएका बालबालिकाहरूलाई यो आवासीय गृहमार्फत शिक्षा प्रणालीमा समावेश गरिने जानकारी दिए। साथै, उनले यो कार्यका लागि स्थानीय सरकार र सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको बताए।
त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपाङ्गता भएका बालबालिकाको शिक्षामा ग्यारेन्टी सुनिश्चित गर्ने उद्देश्यले बालगृहको स्थापना भएको उल्लेख गर्दै गाउँपालिकालाई विशेष आभार व्यक्त गरे।
यस अघि जुम्लाकै हिमा गाउँपालिकाले पनि आवासीय विद्यालय सञ्चालनमा ल्याइसकेको छ, जहाँ हाल झण्डै ५० भन्दा बढी बालबालिकाहरू आवासीय सुविधा लिँदै अध्ययनरत छन्। अहिले सञ्चालित सिंजा बालगृहले अपाङ्गता भएका र अभिभावकविहीन बालबालिकाहरूको शिक्षा तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।









