चन्दननाथ पाँच वडाले गर्याे अन्तर वडा जोखिम न्यूनीकरण सिकाइ आदानप्रदान
जुम्ला : चन्दननाथ नगरपालिकाका पाँच वडाको आयोजनामा अन्तर वडा जोखिम न्यूनीकरण तथा सिकाइ आदानप्रदान बहस कार्यक्रम सम्पन्न भएको छ। विपद् व्यवस्थापनमा अनुभव आदानप्रदान र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रममा चन्दननाथ–५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले स्थानीय तहमै विपद् न्यूनीकरणका अभ्यासहरू साझा गर्नु प्रभावकारी हुने धारणा राखे।उनले एक वडाले गरेका असल अभ्यासहरू अन्य वडामा विस्तार गर्न सके, विपद्को जोखिम न्यून हुन सक्ने” भएकाले यस्तो कार्यक्रम गरेको बताए। उनले भने, आफ्नो वडा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण जोखिममा रहेको पनि उल्लेख गरे।
वडा नं। २ का अध्यक्ष हेम बहादुर बुढथापाले जथाभावी डोजर प्रयोग र विकास निर्माणले थप जोखिम सिर्जना गरिरहेको बताए। “जोखिमयुक्त भू–भागमा डोजर सञ्चालनले विपद्को सम्भावना बढाएको बताए ।
त्यस्तै, वडा नं। ९ का अध्यक्ष भीमबहादुर रावतले विकास योजनामा स्थानीय चेतना, जोखिम मूल्याङ्कन, पूर्वतयारी र आपतकालीन व्यवस्थापनजस्ता पक्षलाई समेट्नुपर्ने आवश्यकता औंल्याए। उनले पहिले अध्ययन नगरी गरिएको विकासले दीर्घकालीन जोखिम निम्त्याउने उनको भनाई छ।
नेपाल रेक्रस सोसाइटी, जुम्लाका सभापति जगदीश चौलागाईंले जुम्ला बजार क्षेत्रलाई आगलागीको उच्च जोखिममा रहेको भन्दै सचेत गराए। “जथाभावी घर निर्माणका कारण दमकल पुग्ने बाटोसमेत नभएको बताए । उनले चन्दननाथका पाँच वडामा फायर हाइड्रेन्ट जडान गर्ने योजना अगाडि सारिएको जानकारी दिए।
चन्दननाथ–१० का वडाध्यक्ष नवराज शाहीले कार्यक्रममा आ–आफ्नो अनुभव सुनाउँदै जोखिम न्यूनीकरणका साझा कदमहरूमा जोड दिएको बताए ।उनले कार्यक्रमले वडास्तरमै विपद् न्यूनीकरणका प्रयासलाई संस्थागत गर्दै भविष्यमा समन्वयात्मक कार्यलाई प्रभावकारी बनाउने अपेक्षा राखे ।उनले वअका दिनमा अध्यायनबिनाका बिकास निर्माण नहुने प्रतिबद्दता गरे ।
त्यस्तै कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, वडा सचिव, महिला तथा बालबालिका प्रतिनिधि, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले वडास्तरमा देखिएका बाढी, पहिरो, आगलागी, महामारीजस्ता प्रमुख जोखिमहरूबारे आफ्ना अनुभव र समाधानका अभ्यासहरू प्रस्तुत गरेका थिए।यो बहसले सबै मिलेर प्राकृतिक तथा मानव निर्मित बिपदबाट हुने जोखिमलाई न्यून गर्ने दिशामा प्रतिबद्ध रहेने तथा बिपद पूर्वतयारी, सचेतना, सहकार्य र दिगो विकासमार्फत सुरक्षित र सहनशील समाज निर्माण हाम्रो साझा लक्ष्यका साथ अगाडि बढ्ने बताएका छन ।









