जन्म दिनको अवसरमा मृगौला पीडित नवराजलाई आर्थिक सहयोग


जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका एकका दुबै मृगौला फेल भएका ३२ वर्षीय नवराज कामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। चन्दननाथ–४ निवासी नन्दु नेपालीले आफ्नो जन्मदिनको अवसरमा संकलन गरिएको रकम मृगौला पीडित नवराज कामीलाई हस्तान्तरण गरेका हुन्।उनले ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले,जन्मदिनमा भोजभतेर नगरी सो रकम मृगौला पीडित चन्दननाथ–१ तलीचौरका नवराज कामीको उपचारका लागि काठमाडौंमा रहेकोले उनको परिवारलाई दिइएका हुन ।


नेपालीको जन्म दिनको अवसरमा संकलन गरेको १८ हजार १सय ६० रुपैयाँ मृगौला पीडितका भाउजु चन्द्रसिला नेपाली लाई हस्तान्तरण गरिएको दलित मुक्ति मार्चाका जिल्ला अध्यक्ष चन्द्रवीर नेपालीले जानकारी दिए। उनका अनुसार आर्थिक अभावका कारण नवराजको उपचारमा समस्या आइरहेकोले  आर्थिक सहयोग गरिएको हो ।

मृगौला प्रत्यारोपण महँगो उपचार हो,तर हाम्रो सानो सहयोगले पनि केही राहत मिलोस् भन्ने उद्देश्यले यो कार्य गरेका हौँ,”अध्यक्ष नेपालीले भने।

त्यस्तै,भाउजु चन्द्रसिला नेपालीले मृगौला प्रत्यारोपणमा ठूलो खर्च लाग्ने भएकाले अझै पनि सहयोगको अपेक्षा रहेको बताइन्। उनले सहयोग गर्ने सबै सहयोग दातालाई धन्यवाद ज्ञापन गरेकी छिन ।

त्यस्तै राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला इञ्चार्ज बलराम नेपालीका अनुसार चन्दननाथ नगरपालिका–४ की पक्षघात पीडित गोइलु सुनारलाई खाद्यान्न सहयोग र मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको हो। उनका अनुसार, “जन्मदिनको अवसरमा मासु–मदिरा सेवन गरेर खर्च गर्नु भन्दा आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग गर्नु उपयुक्त हुन्छ,“भन्ने सोचका साथ सहयोग गरिएको हो।नेपालीले भने,“हामी दलित समुदायका साथीहरूले जन्म दिन जस्ता अवसरमा यस्ता रचनात्मक कार्यहरू गर्दै आएका छौँ।

सम्बन्धित समाचार