कांग्रेस बैठकमा मोहन बस्नेतको रिपोटिङ : अख्तियार मविरुद्ध लाग्नुमा गगन थापाको हात छ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिन केन्द्रीय सदस्य मोहन बस्नेतले आफू विरुद्ध अख्तियार लाग्नुमा महामन्त्री गगन थापाको हात रहेको बताएका छन् । जारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा बस्नेत महामन्त्री थापाविरुद्ध खनिए।

उनले भने, ‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो । तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।’

उनले आक्रमक हुँदै थपे, ‘मविरुद्ध लाग्ने तपाईं हैन ? ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन।’

उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए।

आफूले एक्लै लडेर सिन्धुपाल्चोकमा संगठन बनाए बताए । उनले भने,‘माओवादीसँग एक्लै भिडिरहेको छ त्यही नेतामाथि नेतृत्व खनिने ? तपाईंले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन। तर मलाई धेरथोर बदनाम बनाउने काम भयो।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध जेठ १ गते मुद्दा दर्ता गरेको थियो।

विशेष अदालत काठमाडौंले असार १५ गते बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

 

सम्बन्धित समाचार