जुम्लामा अन्तर्राष्ट्रिय योग दिवस (फोटो फिचर)


जुम्ला : जुम्लामा शनिबार ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्यरूपमा मनाएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना र चन्दननाथ योग साधना केन्द्र जुम्लाको सहकार्यमा जेष्ठ नागरिक संघको परिसरमा प्रभातफेरी सहित जुम्ला बजार परिक्रमा गर्दै योग दिवसको शुभारम्भ गरेको हो ।


योग दिवसको अवसरमा एक घण्टा लामो योग अभ्यास गरिएको थियो । कार्यक्रममा कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार योगको स्वास्थ्य लाभ तथा जीवनशैलीमा यसको महत्वबारे जनचेतना फैलाउने कार्यक्रम समेत गरिएको थियो । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको चन्दननाथ योग साधना केन्द्र जुम्लाका अध्यक्ष तथा योग दिवसका प्रमुख अतिथि जानदेवी कठायतले बताइन ।उनका अनुसार योगले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन पु¥याउने बताइन ।उनले भनिन,‘ नियमित योग अभ्यास गरेको खण्डमा ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय हो ।
त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्रको जुम्लाका प्रमुख डाक्टर सन्तोष पौडेले आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताए ।

समग्र पृथ्वी मानव स्वास्थ्यको लागी भन्ने आदर्शवाक्यका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको बताए ।उनले आयुर्वेद केन्द्र जुम्लाले लामो समय देखि योगप्रति जनचेतना अभिवृद्धि गर्ने, अभ्यास गराउने जस्ता कार्यले धेरेको शारीरिक–मानसिक स्वास्थ्यमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ ।


त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र प्रशासन शाखाका प्रमुख नन्द प्रसाद न्यौपानेले योगले शारीरिक फाइदा गरी मांसपेशीहरू बलियो बनाउने बताए । उनले योग अभ्यासले श्वासप्रश्वास प्रणाली सुधार गर्ने, चिन्ता र डिप्रेशनमा राहत दिर्ने,मानसिक शान्ति र स्थिरता ल्याउँने,ध्यान केन्द्रित गर्न सजिलो हुने बताए ।उनका अनुसार योगका कारण औषधि विज्ञानद्वारा निको नभएका रोगहरु पनि निको पार्न सकिन्छ। यस्ता उदाहरणहरु हामीले हाम्रो समाजमा पनि पाउन सकिन्छ ।


त्यस्तै यदि औषधिको सेवन गरेमा त्यसको असर देखिन सक्छ तर योग गरेमा त्यसको असर वा बेफाइदा हुँदैन र योग अभ्यासका कारण धेरैभन्दा धेरै बिरामीको उपचार भैसकेको पाइन्छ। भौतिक विज्ञानको कारण अहिले मानिसको जीवन सुखमय बन्दै गएको पाइन्छ। यदि योग गर्ने बानी बसाल्न सकियो भने हामीहरूको शारीरिक, मानसिक अवस्था राम्रो हुने देखिन्छ।

योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ । योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् ।
यदि हामीले औषधि विज्ञानको प्रयोग गरी रोग निर्मूल पार्नतर्फ लागियो भने रोग निर्मूल नहुन पनि सक्छ र लामो समयसम्म औषधिको सेवनले केही हद निको होला तर औषधि खान छोडे सेवन गर्न छाडिएको खण्डमा झन् जटिल अवस्थाको सामना गर्नुपर्ने हुन्छ अथवा बल्झिन सक्छ तर योगबाट निको भएको रोग फेरि बल्झिँदैन र योग तथा ध्यानका कुनै पनि बेफाइदा हुँदैनन्। मानव जीवनलाई स्वस्थ, तन्दुरुस्त बनाउन सकिन्छ ।

सम्बन्धित समाचार