जुम्लाको सिंजा गाउँपालिकाका पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाका पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका स्वास्थ्य संस्था संस्था पोषण मैत्री भए सँगै गाउँपालिकालाई नै पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको हो ।


यस अगाडि सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकैदिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सोही आधारमा सोमबार प्रतिनिधिसभा सांसद विनिता कठायत, गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया सहित स्थानीय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविका र सरोकारवालाको उपस्थितिमा गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

सिंजा गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार यस अगाडि सिंजा गाउँपालिका वडानम्बर ३ को नराकोट स्वास्थ्यचौकी, वडा नम्बर १ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाउँ स्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका हुन ।

यसैगरी आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर २ को बिष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभुत स्वास्थ्य केन्द वडा नम्बर ६ को दातमा समेत आधारभुत सुचक तयार गरि पोषणमैत्री स्वास्थ्य संस्था भएका कारण पालिकानै घोषणा गरिएको हो ।

त्यस्तै सांसद कठायतले पोषणमैत्री स्वास्थ्य संस्था जिल्लाको पहिलो गाउँपालिका घोषणा गर्न सफल भएकाले स्वास्थ्यकर्मी सवैलाई आभार ब्यक्त गरिन । उनले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेखनीय कामको सराहना गरिन । उनले आउँदा दिनमा यसलाई घोषणामा मात्रै सीमित नराखी दीर्घकालीनरूपमा निरन्तरता दिन अनुरोध गरिन ।

त्यस्तै सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार सवै संस्था घोषणा भएपछि ९ गते सिंजा गाउँपालिका नै पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो । उनले यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समय सहयोग गरेको थियो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सितली रोकायाले मानिसको पोषण मानव जीवन सँग जोडिएको महत्वपूर्ण बिषय भएको बताइन । उनले गाउँपालिकाले पोषणमैत्री गाउँपालिका बनाउन लामो समय देखि अभियानको रुपमा सवै स्वास्थ्यकर्मी र साझेदार निकाय लागी परेका थिए ।

उनले पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ मा पूर्ण पोषणमैत्री पालिका घोषणाका लागि महिला गर्भवती बनेपछि नियमित जाँच, सुत्केरी जाँच, आइरनको मात्रा पूरा, संस्थागत सुत्केरी, बच्चा जन्मेको एक घण्टाभित्रमा स्तनपान, पूर्ण स्तनपानलगायतका सूचकहरू पूरा गरेको उल्लेख गरिन ।

उनका अनुसार गर्भवति महिलाले विभिन्न समयमा जाँच गर्ने, आईरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान शुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित बृद्धि अनुगमन लगायतका विभिन्न सूचक पुरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।जुम्लाका आठ वटा स्थानीय तह मध्य सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका हो ।

 

सम्बन्धित समाचार