नेकपा माओवादी (केन्द्र) चन्दननाथ नमरकमिटिले बुझायो प्रतिष्ठानमा ध्यानाकर्षण पत्र
जुम्ला :नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगर समिति, जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिति र दुव्र्यवस्था प्रति ध्यानाकर्षण पत्र बुझाएको छ ।कर्णाली तथा सुदूरपश्चिमका पिछडिएका जिल्लालाई गुणस्तरीय स्वास्थ्य सेवा,मेडिकल शिक्षा तथा अनुसन्धान प्रदान गर्र्ने हो ।तर पछिल्लो समयमा राजनीतिक भागबण्डा र स्वार्थप्रेरित निर्णयहरू गरेको भन्दै नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगर समिति,जुम्ला मंगलबार प्रतिष्ठानका निमिक्त उपकुलपती डाक्टर डब्बल बहादुर धामीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
नगरकमीले पदाधिकारीहरूले कार्यकाल सकिनु अघि दीर्घकालीन असर पर्ने निर्णयहरु गरेको औषधि खरिदमा पारदर्शिताको अभाव, प्रक्रिया नअपनाई खरिद गरेको दरबन्दी किताबमा नभएका पदको बिज्ञानपन गरेको रजिस्ट्रारले मनोमानी निर्णय गर्दैजनशक्ति भर्ना गरेको कर्मचारी आन्दोलित भई प्रशासनिक कक्ष बन्द भएको नियमविपरीतका विज्ञापन र नियुक्ति खारेज गर्न र २३ गतेको विज्ञापन खारेजीको मा लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
मुख्य मागहरू
विगत ४ वर्षको आय–व्यय सार्वजनिक सुनुवाइ,नियमविपरीतको नियुक्ति र विज्ञापन खारेज,छानबिन समिति गठन,सबै निर्णयहरूको स्वतन्त्र छानबिन,गरी छ करोडको औषधि खरिद प्रक्रिया छानबिन,गुणस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्तिको सम्मान,राजनीतिक हस्तक्षेप अन्त्य,संस्थालाई स्वायत्त र जनमुखी बनाउने ,दोषीलाई छानबिन गरी कार्यवाही गर्न माग गरेको छन ।
माग पूरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने माओवादी केन्द्र नगरकमिटीका अध्यक्ष सुरेन्द्र बहादुर शाहीले चेतावनी दिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रतिष्ठानका निमिक्त उपकुलपती डाक्टर डब्बल बहादुर धामीले प्रतिष्ठान प्रतिको चिन्ता ब्यक्त गरेकामा आभार ब्यक्त गरे ।उनले ध्यानाकर्षणमा उल्लेख भएका मागहरु सम्बोधन गर्ने बताए । उनले नगरकमिटिलाई नियम बिपरित गरेको बिज्ञानपन र कर्मचारीको सम्झौता रद्द गर्ने प्रतिबद्धता गरेका छन ।
यस्तो छ उनीहरुले बुझाएको ध्यानाकर्षण