कम उम्मेरमा हुने विवाह रोकन तिलाको पाँच वडा वालविवाह मुक्त


तिला :  जुम्लाको तिला गाउँपालिकाको ५वडा वालविवाह रोक्ने अभियामनमा सक्रिय देखिएको छ । उक्तवडाले सोमबार एक औपचारिक कार्यक्रम गरी आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई रोक्न लगाउन बालविवाह मुक्त वाडा घोषणा गरेको हो ।२० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको पाँच वडालाई बालविवाह मुक्त घोषणा गरेको त्यहाका स्थानीयले बताएका छन ।स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताए।यस अघि धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाह पछिल्लो समयमा सामाजिक संञ्जालको दुरुयोग र अरुको देखासिकीका रुपमा बढ्दै आएको पाइन्छ ।

यसलाई कानुनी अपराध वा घटनाको रुपमा बुझ्न बर्तमान समयको माग भएको स्थानीयहरु बताउँछन्। उक्त पालिकामा ९ वडा छन्। पहिलो पटक तिलाको ६ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो । सोमबार पाँच वडालाई तिला गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बताइन्। यो वडाभित्र डोग्री , ढिम्कोट, चुलाकोट र खोली गाउ गरी चार वटावडा रहेका छन ।


त्यस्तै तिलाको पाँच वडा बालविवाहमुक्त कार्यक्रममा समन्वय प्रमुख गौरी नन्दन आचार्यको बालविवाहको अन्त्यका लागि कानूनी प्रावधानको पालना र समाजमा यसको रोकथामका लागि सबैको दायित्व रहेको बताएका छन्। उनले भने, “बालविवाह गर्ने वा गराउनेलाई सरकारले दिने सेवा सुविधा रोक्नुपर्ने“ र “बालविवाह र बहुविवाह जस्ता कुरिती हटाउनका लागि सबैको दायित्व हुने बताएका छन्।


त्यस्तै यस अभियानमा किडार्क नेपाल र वल्र्ड भिजन जस्ता संस्थाहरूको सहयोग र समन्वय रहेको तिला ६का वडाध्यक्ष ललित बहादुर शाहीले बताए । उनले यस अभियानमा सरोकारवाला र स्थानीय र संस्थाहरूको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ । उनका अनुसार तिला पाँचको आफ्नो वडा कार्यालयको भवन उद्धघाटन कार्यक्रम पनी संयुक्त रुपमा गरिएको थियो ।

त्यस्तै अध्यक्ष मोतिलाल रोकायाले नेपाल सरकारले सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ । यसका लागि स्थानीय तहहरूले गैरसरकारी संस्थाहरूको सहयोगमा बालविवाहमुक्त वडा घोषणा गर्दै पालिका मुक्त गर्ने अभियानमा रहेको बताए । उनले बालविवाह मुक्त अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले कानुन अनुसार बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए।

त्यस्तै गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताइन्।उनले केही वडालाई पनि अबको केही समय पछि तिला गाउँपालिकालाई बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताईन । बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको बताइएको छ ।

सम्बन्धित समाचार