बाटो बिकासको माग्दै पातारासीका महिला
दिलमाया शाही
पातारासी गाउँपालिका २ पेरे गाउका महिला मेलापात गर्ने बाटोको माग्दै गर्दै सदरमुकाम खलंगा पुगेका छन ् । उनिहरुले परे गाउँदेखि झारल पहिर जंगल सम्म जाने बाटो बनाइ दिन माग गर्दै खलंगा पुगेका हुन । मेला पात गर्ने एक मात्रै बाटो पहिरो गएपछि आवतजावतमा समस्या आएको भन्दै विकास माग्न खलंगा पुगेको पेरे गाउँका महिलाले बताएका छन। उनिहरु भन्छन गाउँको सरकार मानिएको गाउँपालिकामा पटक पटक पहिरो पन्छाइदिन माग गर्दा पनि नसुनेकोले आफुहरु मन्त्री,सांसद र नेता संग भेटन खलंगा आइपुगको स्थानीय बुद्धिकला ऐडीले बताइन् । उनले भनिन,‘बाटोमा पहिरो गएपछि जंगलमा घाँस दाउरा संकलनका लागि जान निकै समस्या छ । हामीले वडा सरकार, गाउँपालिका सरकारलाई पटक पटक निवेदन दियौँ । कुनै सुनुवाइ भएन । त्यही भएर प्रतिनिधि सभा सांसद गजेन्द्र महत, पुर्व राज्य मन्त्री र नेता भेट्न खलंगा आइपुगेका हौँ । ’
बुद्धिकलाले भनिन, एक साता अघि जंगलमा घाँस लिन जादा लडेर मेरो हात भाँचियो । अस्पतालले दिएको एक्सरे रिर्पोट देखाउँदै उनले भनिन्,‘अब घाँस दाउरा लिन जाँदा अन्य महिला दिदीवहिनीको हात भाँचिएको हेर्न चाहादैनौँ ।अब तत्काल बाटो बनोस । जनजीवन सहज होस ।यही चाहान्छौँ ।’उनले विकास मागेको धेरै भइसक्यो।ठुलो विकास पनि मागेका छैनौँ।स्थानीय सरकारले महिलालाई घाँस दाउराको लागी एउटा बाटो बनाइ दिदैनन् । हामी महिलाको प्रदेश र संघीय सरकार संग पहुँच पुग्दैन् ।पहिरोले बिगारेको बाटो समेत बनाउन सकिएको छैन् ।
असज बाटो कै कारण केही महिला घाइते ।

त्यो बाटो बाट अहिले सम्म लडेर चार जना घाइते भइसकेका छन् । ’
पेरे गाउँकी तारादेवी कामीले भनिन वडा कार्यालयमा जाँदा सुनुवाइ भएन ।गाउँपालिकाले पनि हेरेन ।‘गाउँको सरकारले नसुन्दा प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी लगायत पुर्व राज्य मन्त्री र नेतालाई समेत भेट्यौँ । गाउँजाने हरेक नेतालाई सम्झायौँ । तर कसैले सुनेनन् । ’
सांसदले स्थानीय सरकारले नसुनेको खण्डमा पहल गर्ने बताए । पुर्वमन्त्री र नेताले बाटो बनाइदिन स्थानीय सरकारलाई आग्रह गर्ने जानकारी दिए, पेरे गाउका महिला भन्छन,, हाम्रो बाटो बन्छ भने ‘तत्काल आशा गर्ने बाटो त खुल्यो, तर भरोसा गर्न सकिने अवस्था रहेन । ’एक साता अघि पेरे गाउँकी तारादेवी कामीको खुट्टा भाँचियो । घाँसको भारी ल्याउदा उनको लडर खुट्टा भाँचिएको हो। सधैँ घाँसको भारी ल्याउन जाँदा महिला घाइते हुन्छन् । महिलालाई हेर्ने सरकार कहिले आउछ
तत्काल बाटो चाहियो, दाउरा र स्याउला सोत्तर संकलन गर्न समस्या भयो । तर महिलाले भनेको नेता टेर्दैनन कि क्या हो । हुन्छ भन्छन् सुन्दैनन । उनले भनिन्,‘ नेता घुस खाने नहोस । आफ्नो नातागोतालाइ मात्र हेर्ने नहोस र सामान्त नहोस र सारा जनतालाई हेर्ने नेता होस ।’ माही महिलामा स्थानीय सरकार आएको अनुभुति छैन् ।
जनताको नमस्कार सुन्दै जनप्रतिनिधि

पेरे गाउकी अर्की सन्तकली कामी भन्छिन्,‘ जनप्रतिनिधि नमस्कार सुन्दैनन् ।चुनावताका खुट्टा ढोग्न आउने जनप्रति निधि । अहिले जनताका समस्या संग सहभागि हुन चाहदैनन् । उनले भनिन, प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले केही चिन्ता नगर्नुस । ढिलो चाँडो माग पुरा गर्छौ भन्नु भएको छ, ।्,‘बाटो बनाउनको लागि सबैको ध्यानाकर्षण गराएका छौँ । दुइदिन अघि मात्र लालकली ऐडीको ढाड भाँचिएको छ । विश्वरुपा कामीको करङ भाँचिएको छ । दुवै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामाा उपचार भइराखेको छ । पातारासी दुई पेरे गाउँमा ३ सय ६० घरधुरी छन् । गाउँमा सरकार त पुग्यो । तर महिलाका समस्या संग एकाकार हुने सरकार भेटिएन । महिलाका समस्या संवोधन गर्ने सरकार पाइएन । उनीहरुले भने,‘त्यसैले सरकार खोज्दै सदरमुकाम आइपुग्यौँ । त्यो पनि गरिव निमुखा, विपन्न गरिव जनताको आवाज सुन्ने सरकार चाहिएको छ। राज्यले महिला अधिकारको ब्यवस्था गरेपनि हामी दुर्गमका महिलाले घाँस, दाउरा र परिल संकलन गर्नका लागी सहज बाटो पाएका छैनौ।









