मन्दिरका नयाँ लिंगा खडा गरेर वडा दशैको सुरु गरियो ।

दिलमाया शाही
जुम्लामा कर्णालीकै प्रसिद्ध मानिने चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगा ठड्याएर घटस्थापना मनाइने चलन छ । मन्दिरमा लिंगाहरु खडा गरे सँगै जुम्लीहरुले घरघरमा घटस्थापना मान्ने तथा वडा दशै सुरु भएको मन्ने रितिरिवाज रहेको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगाहरु ठड्याइसकेपछि मात्रै जुम्लीहरुले आ–आफ्नो घरमा घटस्थापना मन्ने चलन रहेको हो । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वाजा राखिन्छ ।परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिंगाहरु झिकेर नयाँ लिंगा खडा गर्ने गरेको लाम्राका स्थानिय हरिबाहादुर हमालले बताए । उनले भने ‘तत्कालीन राजाले चिनबाट युद्ध झितेर फर्कदा गजुर ल्याएर मन्दिरमा चढाएको र १४९८ सालबाट यो मन्दिरमा लिंगा गाड्ने परम्परा रही आएको छ’ । उनले थपे , ‘प्रत्येक दिन पुजा हुने प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक विशेष पुजा हुने र एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२ हाते ध्वाजा सहित ५२ हाते लिंगा खडा गरि घटस्थापना गर्ने चलन रहिआएको हो ।

तर यस वर्ष कोरोनाको महामारीका कारण नेपाली सेनार ससस्त्र प्रहरीेले मात्रै लिंगा खडा गरेका छन । प्रशासनले सार्वजानिक सुचना जारी गरिमहामारीबाट बच्नका लागी भिडभाड गरि पुजा आजा नर्गन भत्तजनहरुमा आग्रह गरेको थिए । चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिंगोका लागि ५२ हाते ध्वाजा मुगु जिल्लाबाट आउने, लिंगोमा लगाउने गेरु र लिंगाको टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्ला जिल्लाबाट आउने र लिंगो खडा गर्नका लागि कालिकोटबाट लडा (डोरी) आउने चलन रहेपनि पछिल्लो समय कोरोनाका महामारीले गर्दा यो परम्परा यस वर्ष देखी हराउँदै गएको स्थानीयले बताएका छन ।‘अहिले सबै व्यवस्था गुठिले नै गर्ने गरेको छ,। लिंगा ल्याउँदा देखि मन्दिरमा खडा गर्दासम्म सेना र प्रहरीको सहयोग भने पहिले देखीनै चलन थियो । यस वर्षमा भने कोरोनाको महामारीले स्थानियको उपस्थिती न्युन रहेको हो ।