अखाद्य बस्तु बिक्रिबितरण रोक्न प्रशासनको छड्के अनुगमन ।
जुम्ला ःजुम्लामा अखाद्य बस्तु बिक्रिबितरण रोक्न जिल्ला प्रशासनले छड्के अनुगमन गरेको छ । नजिकिदै गरेको वडा दशैलाई मध्य जनर गरी ग्रामिण बस्तीमा रहेका बजार अनुगमन गरिएको हो । बजार अनुगमान समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको संयोजकत्वमा छड्के अनुगमन गर्दा उपभोक्तालाई अखाद्य बस्तु विक्रीवितरण गर्न भेटिएको छ जुम्लाको कनकाशुन्दरी गाउपालिका ६को गुठीज्युला बजार,,हिमा गाउपालिका वडा नम्वर ७ मा रहेको बजार, सिजा गाउपालिकाको नराकोट बजार ,तिलागाउपालिका एकमा रहेको रारालिही बजार, तिला तिनको कुडारी बजारमा रहेका खाद्य तथा किनार पसल, होटल, जनरल स्टोर ,लगायतका व्यापार व्यवसायीमा अनुगमन गर्दा अखाद्य बस्तु विक्री वितरण गरेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।उनले भने सदरमुकाम भन्दा टाढा रहेको बजारमा अखाद्यबस्तु बिक्रि बितरण हुने गरको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै अनुगमन गरिएको हो ।
दर्ता बिना पसल संञ्चालन ।

अनुगमनको गर्दा अधिकांस पसल पान नम्वर दर्ता बिना संञ्चालन गर्दै आएको पाइएको छ । सात दिन भित्र मूल्य सूचि टाँस गर्न, उद्देश्य थप्नु पर्ने र लगानी थपेर पुर्जीे बढाउर्नेु भन्दै व्यवसायहरुलाई अनुगमन स्थलमै पत्र दिएको छ । वडा दशै नजिकै आएकाले उनिहरुलाई सात देखी २१ दिनभित्र सुझाएको कुरामा सुधार नआए कानुनी कारवाही गर्ने चेतवानी दिईएको छ ।’ अनुगमनका काक्रमा झण्डै २०वटा पत्र दिएको छ । कनकाशुन्दरीको गुठीज्युलो बजारमा रहेका ठुला व्यापारीले पनि अनुगमनको जानकारी पाएपछि पसल बन्द गरेर आफ्नो कमजोरी लुकाउने कार्य गरेको पाईएको थियो ।कनका शुन्दरीको गुठीज्युलामा रहेका रावत जनरल स्टोर , डिबि जनरल स्टोर , देव जनरलस्टोर लगायत ११ वटा पसलको अनुगमन गरिएको हो । त्यस्तै सिजाको नराकोट,हिमाको कालिकाखेतुमा रहेको बजार , तिलाको कुडारी बजार, रारालिही बजार गरी जम्म २६ वटा पसलको अनुगमान गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख पदम प्रसाद उपाध्यायले बताए ।उनले भने अनुगमनको क्रममा भेटिएको अखाद्य बस्तु सबै भन्दा बढी मिठाइ भेटिएको छ । अधिकांस ब्यपारिले ६ महिना सम्म खाने मिल्ले मिठाइ तिन वर्ष सम्म ब्यापारिले बिक्रिगरेको पाइएको छ ।दालमोट ,तेल , बिस्कृट , चाउचाउ , मिठाइ, काजु, फान्टा जस्ता समान म्याथ गुज्रेको पाइएको छ। यस्ता खालका अखाद्य बस्तु बिक्रि गर्दा उपभोताको स्वास्थ्यमा दिर्गकालिन असर पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बताएको छ । नेपालमा बेच्न अनुमति नपाएका सुर्तिजन्य र आधिकारीक रुपमा मापदण्ड पुरा नगरेका अवैध कारोबार गर्दै आएका ब्यपारिलाई समेत सचेत भई यस्ता खालका कार्य नगर्न प्रहरी, प्रशासनेले निर्देशन गरेको छ ।
८४ हजार भन्दा बढीको सामान जफत ।

बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको अगुवाइमा गरिएको छडके बजार अनुगमनमा ८४ हजजार ५ सय ३८ रुपैयाको सामान जफत गरी नष्ट गरीएको छ । जफत गरिएको समान सम्बन्धीत स्थानिय सरकार प्रहरीको रोवरमा नष्ट गरिएको हो । होटल, खाद्य ,खुद्रुा पसल लगायतका ब्यवसायिक बाट म्याथ गुज्रेको सामान जफत गरी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका फुट टेक्निसिएन भरत बहादुर रोकायाले भने ‘चाँडपर्व नजिकिदै गएकोले यहाँका ठुला सप्लार्यस र गाउँ तिरका साना बजारमा गरिको अनुगमानले कही उपभोक्ता लाई सजग गराएको छ ।’बजार अनुगमनमा सम्बन्धीत स्थानियतह उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी प्रशासन र पत्रकार सहभागिता रहेको थियो ।
अनुदानको नुन नै बिक्रि बितरणमा

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको अगुवाइमा बिहिबार गरिएको छड्के बजार अनुगमनका क्रममा अधिकांस पसलमा अनुदानको नुन बिक्रिबितरणमा राखीएको पाइएको छ । कर्णालीका नागरिको लागी भन्दै अनुदनमा दिइने नुन पसलमा २० देखी २५ रुपैयामा किनबेच भइरहको हो । जुम्लामा अनुदानको नुन बिक्रि हुने गरेको यो पहिलो चोटी भने होइन । जुम्लामा अनुदानको नुन आउने भए देखीकै हो । कुरा सस्तो र चर्को मल्यको होइन , अनुदानको नुन कोही कसैले बिक्रि गर्न मिल्दैन । तर जुम्ला सदरमुकाममा लुकी छिपि बिक्री भए पनि ग्रामिण बस्तीका पसल संञ्चालनकले खुल्लायाम बिक्रि गर्दै आएका छन । अनुदानको नुन बेच्न पाइदैन किन बेच्नु भो भन्दा ब्यापारिको ्एउटै भनाइ छ,पशुचौपाएलाइ खुवाउनका लागी निकालिएको हो । प्रत्येक पसलमा दुइ देखी ६ बोरा सम्म राखेका थिए ।









