बिपद जोखीम न्युनिकरण दिवसको अबसरमा कोरोनाको संकटमा काम गर्ने लाई सम्मान ।
दिलमाया शाही
अन्तराष्ट्रिय बिपद जोखीम न्युनिकरण दिवसको अबसरमा कोरोनाको महामारीमा फ्रन्ट लाईनरमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जन स्वास्थ्य सेवा कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र समाज सेवी देवेन्द्र बहादुर शाहीलाई सम्मान पत्र र दोसाला ओडायर सम्मान गरिएको हो । नेपाली कांग्रेसका नेता तथा समाज सेवी शाहीले कोभिड १९ को समयमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नु भएको थियो । शाहीले कोभिडका बिरामी बोक्ने एम्बुलेन्सका लागि एक लाख सहयोग गर्नुभएको हो । बिपदको अवसरमा प्रशासनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जनताको जिउधनको सुरक्षाको लागि कोरोना पोजेटिभको समयमा निषेधआज्ञा गरिएको बताउनु भयो । उहाले केही व्यक्तिहरुले आलोचना गर्नु राम्रो नभएको भन्दै सवैले रोकथाम तथा जनस्वास्थ्य मापदण्डका बिषयमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अव लक्षण सहितको कोरोना जुम्लामा देखीएकाले थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नन्दा बक्स गणका गणपति दिवाकर रायमाझीले शव व्यवस्थापन स्थल चाडै टुंग्याउन अनुरोध गर्नुभयो । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा गैरसरकारी संस्थाहरु किडार्क नेपाल र पेश नेपालको सहयोगमा गरिएको अन्तरक्रियामा हाल सम्मको कोभिड १९ को बर्तमान अवस्था र भावी चुनौतिको बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर मंगल रावलले प्रस्तुतिकरण गर्नुभएको थियो। संघीय सांसद गजेन्द्रबहादुर महतले अव कोरोना सँग लडेरै जित्नु पर्ने अवस्था आएकाले एक सरकारी संरचनालाई भिन्नै कोभिडको अस्पताल बनाउन सवै एक स्थानमा आउनुपर्ने बताउनुभयो । उहाँले संकटको समयमा एक अर्काको आलोचना गर्ने दिन नभएको भन्दै सवै मिलेर रोकथाम र उपचारमा जोड दिन सघाउनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले समन्वय सहकार्यमा एक मत भएर अघि बढेमा कोरोना सहित जुन सुकै समस्या आएपनि जित्न सकिने प्रतिवद्धता जनाउनुभयो । उपप्रमुख कार्मा बुढाले साझा सरोकारको बिषयमा एक मत भएर जानुपर्नेमा जोड दिनुभयो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भेला कम गर्नुपर्ने र थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कोरोना भाईरस फैलिरहेकै समयमा सत्ता पक्ष नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) र प्रतिपक्ष नेपाली कांग्रेसले राजनितिक भेला गरेका कारण कोरोना फैलिएको गुनासो आएपछि राजैतिक दलहरुले भेला नगर्ने प्रतिवद्धता जनाएका छन् । नेकपा कर्णाली प्रदेश सदस्य पूर्ण प्रसाद धितालले नेकपाले यस बिषम परिस्थितिमा भेला अव नहुने भन्दै अव यसको रोकथाम गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले दशै समेत परिवारमा मात्र सिमित गरौ, टेलिफोन टिका गर्न समाजलाई सचेत बनाउन अघि बढ्नुपर्ने सूझाव दिनुभयो ।








