जुम्लामा चाडपर्वलार्ई लक्षित गरी विशेष सुरक्षा योजना लागू हुने ।

 

दिलमाया शाही जुम्ला
जुम्लामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले जुम्लाका एक नगर पालिका र ७ बटा गाउपालिकामा जिल्ला प्रशासन कार्यालयले  सुरक्षा ब्यवस्था कडा पारिने बताएको हो । शुक्रबार बसेको बिपद ब्यवस्थापन समितिको बैठक मार्फत सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने बताएका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले आयोजना गरेको बिपद बैठकमा अपराधिक गतिबिधि रोक्नका लागी कुनै पनि मदिरा ब्यवसायले साँझ ८ बजे पछि मदिरा बिक्रिबितरणमा रोक लागाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले वडा दशैलाई मध्यनजर गर्दै हुने भिडभाड रोक्न चाँडै नै सुरक्षा योजना कार्यान्वयनमा ल्याउने बताए । दशै सुरु भएको दिन देखी लागु हुने गरी सुरक्षा ब्यवस्था कडा पारिने छ । यसपटकको दशै कोभिड महामारीको बिचमा परेकाले संक्रमित बढने सम्भावना बढी छ । आपराधिक घटना बढी हुने सम्भावना भएकाले जुम्ला प्रशासनले विशेष सुरक्षा योजना लागू गर्न थालेको साहयक प्रमुख जिल्ला अधिकारी ओम प्रकास देवकोटाले बताए । उनले भने दशैमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने तर्फ प्रहरी प्रशासन प्रतिबद्धता छ ।
प्रशासनले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिइएको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले समेत अहिलेदेखि नै बजार अनुगमन गरेको छ । चार्डपवमा कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने समेत प्रशासनले बताएको छ ।

शुक्रबारको बिपद बैठकले अस्थाइ कोभिड¬ १९ को अस्पताल निमार्णका लागी अध्यायन टोली गठन गरिने निणर्य गरिएको छ ।जसमा संयोजक सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देवकोटा , सदस्य कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान , सदस्य ः इन्जिनियर पुर्वधार बिकास कार्यालय ,सदस्य नागरिक समाज जुम्ला , सदस्य नेपाल पत्रकार महासंघ जुम्ला गरी ५ सदस्य समिति गठन गरीएको छ ,। नेपाल सरकार गृर्हको निर्देशन अनुसार जुम्ला गुमु , कालिकोट ,र डोल्पा जिल्लालाई सेवा दिने उद्देश्यले जुम्ला जिल्लामा घुम्ती मानवीय सेवा केन्द्र स्थापना गरिने निणर्य भएको प्रशासन जुम्लाले जनाएको छ । चाडपर्वको समयमा बहिरबाट जिल्ला भित्रिने लाई सम्बन्धीत स्थानिय तहका अध्यक्ष र वाडा अध्यक्षले उनिहरुको निगरानी गरी होम आइशोलेसनमा बस्न लगाउने निर्णर्य गरिएको छ ।

 

सम्बन्धित समाचार