जुम्लामा फैलिएको अन्याय,भ्रष्टाचार र सामाजिक विकृति विरुद्ध लड्ने वाइसेलको प्रतिबता

जुम्ला :जुम्लामा फैलिएको अन्याय, भ्रष्टाचार र सामाजिक विकृतिहरूको विरुद्धमा अब वाइसेल नेपालले काम गर्ने बताएको छ ।केही समय देखि सूस्ताएको महशुस गरेको वाइसेल नेपाले अब व्याप्त बेथिती विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेको हो ।

वाइसेल नेपालका कन्द्रीय सदस्य नवराज शाहीले स्थानीय तहदेखि केन्द्र सम्म फैलिएको कमजोर प्रशासन, जनताका अधिकार माथिको अतिक्रमण, तथा सामाजिक न्यायको अभावलाई मध्यनजर गर्दै अब वाइसेल काम गर्ने बताए । उनका अनुसार अब वाइसेल प्रतिक्रियावादी र गलत कामको बिरुद्ध सडकमा उत्रन बाध्य हुने छ ।
त्यस्तै वाइसेलका कर्णाली प्रदेस इन्चार्ज कृष्ण बुढाले रगत र बलीदानी बाट आएको संघियगणतन्त्रको रक्षा गर्नका निम्ति गर्ने बताए । उनले जहाँ जन्ताको अधिकार कुन्ठीत बनाईएको छ त्यहा वाइसेल चुप बस्दैन ।उनले जहा जाहा हाम्रो आवाज दबाउने कोसिस हुन्छ त्यहा वाइसेलले बैचारिक लडाई गर्छ ।

त्यस्तै माओवादी केन्द्र निकटको युवा संगठन,योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालले जुम्लामा छैटौँ जिल्ला सम्मेलनबाट निर्वाचित भएका अध्यक्ष खगेन्द्र कार्कीले वाइसेलको प्रमुख उद्देश्य संगठनको नयाँ नेतृत्व चयन गर्नु र आगामी संगठन विस्तारका कार्यक्रमहरूको योजना बनाउनु रहेको बताए ।उनले तत्काल गठन भएको आफु नेतृत्वको ७१ सदस्य वाइसेलको कमिटिले जुम्ला जिल्लामा भएका सामाजिक,प्रशासनिक, वा राजनीतिक विकृति र अन्यायहरुका प्रति काम गर्ने बताए । उनले जुम्लाका रहेक बेथितीविरुद्ध आवाज उठाउदै जागरूक हुदै जिल्लामा वाइसेल छ है भन्ने हिसावले काम गर्ने प्रतिबद्धता गरे ।

भर्खरै गठन भएको सामाजिक–सचेतना समूह वाइसेल नेपालले आफ्नो आगामी कार्ययोजना पत्रकार भेटघाट मार्फत बिहिबार सार्वजनिक गरेको छ।जुम्लामा आयोजित पत्रकार भेटघाटमा वाइसेल नेपालले हामी संविधानले प्रत्याभूत गरेका जनअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितताका लागि सडकदेखि समुदायस्तर सम्मा आवाज उठाउने बताए ।