“गणतन्त्रवादीको एक दिने आन्दोलनले प्रतिगमनवादी पराजित भए : पुर्व कानुन मन्त्री भण्डारी
जुम्ला : संविधानसभाका सदस्य तथा कर्णाली सरकारका पूर्व मन्त्री नरेश भण्डारीले गणतन्त्रवादीहरूले आयोजना गरेको एक दिनको आन्दोलनले प्रतिगमनवादीहरूलाई पराजित गरिदिएको बताए । पूर्व मन्त्री भण्डारीले गणतन्त्र माथी धावा बोल्न खोज्ने राजामान्ने राजावादीहरुले चैत १५ मा गरेको आन्दोलनबाटै सकिएको दावी गर्दै यो कुरा गाउँ बस्तिमा सुनाउन जरुरी रहेको बताए । उनले जनताले ठूलो कुरवानी र संघर्ष गरेर आएको गणतन्त्रका बिरुद्ध जनता सचेत हुनु पर्नेमा जोड दिए । उनले तिन कुनेमा राजावादीले गरेको आन्दोलनका कमाण्डर नै भाग्ने गरि अराजक आन्दोलन गरेको पुष्टि जनताले थाहा पाईसकेका छन् । नेता भण्डारीले रिपोटिङमा गएका पत्रकारलाई समेत जलाएर मार्ने अराजक आन्दोलन राजावादीको भहेको, एकदिनमै विभिन्न स्थानमा कब्जा गर्ने राजावादीको दिवा सपना चकनाचुर भएको बताए ।
उनले सोही दिन गणतन्त्रवादीहरुको भृकुटी मण्डपमा भएको प्रदर्शनले नागरिकमा गणतन्त्र माथीको हमला विरुद्ध जनता जागरुक छन भन्ने पुष्टि भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाले हिमा गाउँपालिकामा आयोजना गरेको गाउँपालिका अधिवेशन उद्घाटन गर्र्दै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज भण्डारीले जुम्लामा २०८४ को निर्वाचन माओवादीमय, गणतन्त्रमय बन्ने दावी गरे ।
उनले वाईसियल नेपाल जुम्लाको जिल्ला अधिवेशनमा समेत राजवादीलाई जुम्लाबाट पराष्त हुनेमा जोड दिए । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै जुम्लाले ०८४ मा राजाका मतियारलाई माटोमा मिलाईदने घोषणा समेत गरेका छन् । राजावादीका विरुद्ध माओवादी र वाईसियल लड्ने बताए ।
वि.सं २०७९ सालको संसदीय निर्वाचनमा जुम्लामा स्थापित नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठवन्धनका विरुद्ध लडेका ज्ञानेन्द्र शाहीले निर्वाचन जिते पछि जुम्लाको राजनितिक बृत्तमा फरक तरंग छाएको थियो । तर मन्त्री भण्डारीले अव जुम्लामा गणतन्त्रबादी त्यसमा पनि माओवादीले जुम्ला बिजय गर्ने दावी छ ।
उनले गणतन्त्रमाथी धावा वोल्ने हर्कत कसैले गरे गणतन्त्रबादी एक भएर अगाडि बढ्ने समेत बताए । । जुम्लाको विकासवादी नेताको रुपमा स्थापित भण्डारीले विसं २०६४ सालमा पहिलो संविधानसभामा सहभागि हुदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको मस्यौदा संसदमा गैरसरकारी विधेयकको रुपमा अगाडि बढाएका थिए ।
जुन संस्था विसं २०६८ मा स्थापित भई अहिले कर्णाली क्षेत्रको सवैभन्दा ठूलो स्वास्थ्य क्षेत्रको संरचना हो । जुम्लालाई उज्यालो दिने चुकेनी जलविधुत, आठ हजार धाराको धौलीगाडको खानेपानीका परिकल्पनाकार समेत रहेका भण्डारीले स्थानीय तहमा समेत माओवादीले वर्चस्व बढाउने दावी गरेका छन् ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले गणतन्त्रको रक्षाको लागि सवे सवै सचेत भएर अगाडि बढन अनुरोध गरे ।उनले गाउँ वस्तिमा अव माओवादी बाटै आशा पाएको छ । जुम्लामा नेकपा माओवादी केन्द्रले अहिले पालिका स्तरीय अधिवेशन गरिरहेको छ ।
पातारासी गाउँपालिकामा भक्तबहादुर वुढा, गुठिचौर गाउँपालिकामा जितेन्द्र लामाको संयोजकत्वमा पालिका स्तरीय कमिटि सर्वसम्मत चयन भएका छन् । यसैगरी हिमा गाउँपालिकामा शुरु भएको छ भने अन्य पालिकामा निरन्तर अधिवेशन हुने तालिका रहेको जिल्ला अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।