वाइसेल नेपालको जुम्लाको छैटौँ जिल्ला सम्मेलन (फोटो फिचर )

जुम्ला: माओवादी केन्द्र निकटको युवा संगठन, योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालले जुम्लामा छैटौँ जिल्ला सम्मेलन आयोजना गरेको छ।
यस सम्मेलनमा जिल्लाका विभिन्न पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनको प्रमुख उद्देश्य संगठनको नयाँ नेतृत्व चयन गर्नु र आगामी संगठन विस्तारका कार्यक्रमहरूको योजना बनाउनु हो ।

त्यस्तै माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्लले वाईसिएल नेपालको छुट्टै महत्व रहेको बताए । उनले वाइसेल नेपाल कम्युनिष्ट बिचारको गैराई हो ।
युवा भनेको युदाउदा सुर्य हुन भने हामी अस्ताउदा सुर्य भएको बताए । उनले कम्युनिष्ट बिचारलाई एक प्रक्रियागत ढगंबाट अगाडी बढाईन्छ । यो वाइसेलको पर्व यसलाई आगामी दिनको मार्ग दर्शन बनाउने सम्मेलन हो ।
त्यस्तै जिल्ला इन्चार्ज नरेश भण्डारीले नयाँ आउने वाइसेलको कमिटि रहेक बेथिती र गलत कामको बिरुद्ध लड्ने बताए । उनल भने, माओवादी पार्टी बलियो भयो भने मात्रै जनताको मुद्दा बलियो हुने बताए । उनले माओवादीले ल्याएको संविधानसभा, संघीयता र पहिचानको सवाल केही रैतीले बिरोध गरिरहेको बताए । उनले यसको चिरफार गर्ने काम वाइसेल नेपालको रहने बताए ।





