प्रतिष्ठानका रजिष्ट्रारले लगाएको आरोप भ्रम पुर्ण हो : निवर्तमान अध्यक्ष शाही


जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिष्ट्रार नृपेन्द्र महतले पत्रकार नेत्र बहादुर शाहीलाई लगाएको आरोप असत्य र भ्रम भएको भन्दै एक प्रेस बिज्ञप्ती मार्फत खण्डन गरिएको छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका शाही र अन्य पदाधिकारीले पैसा मागेका र नदिए पछि आक्रमण भएकाे भन्दै आराेप लगाईएकाे बिषयमा खण्डन गरिएको हाे। पत्रकार शाही द्धारा जारी प्रेस विज्ञेप्तिमा भनिएको छ । मिति २०८२ साल वैशाख १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानमा पत्रकार भेटघाट मार्फत मलाई रु पाँच लाख रुपैया पैसा मागेको र पैसा नदिदा पछिल्ला समाचार आएको भन्ने लाल्छना तथा आरोप लगाएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण सहित घोर भत्सना गर्दछु ।
विज्ञेप्तिमा उल्लेख छ, कुनै पनि समाचार आएको खण्डमा चित्त नबुुझे प्रेस काउन्सिल सहितका सम्बन्धित निकायमा जाने प्रावधान छँदैछ । समाचार लेखेको झोकमा, पत्रकारिता क्षेत्रलाई निरुत्साहित गर्ने हिसाबले महतले पत्रकार भेटघाट मार्फत नेपाल पत्रकार महासंघ शाखा जुम्लाले मेरो कार्यकालमा गरिएका महासंघको कोसेली प्रकाशन जस्तो राम्रो कामलाई बङ्ग्याउदै नामै तोकेर कोरपाटी डटकमतिर मोडेर म तत्कालिन अध्यक्ष नेत्रबहादुर शाहीलाई पैसा मागेको आरोप सत्य होईन । बरु पत्रकारले लेखेका सत्य समाचारको कमजोरी ढाकछोप गर्न, भ्रम छर्ने, लज्जास्पद विषयको पर्दाफास भएको छ । यो आरोप सिंगो पत्रकार महासंघ, पत्रकार माथिको हमला समेत हो । उहाँलाई यति थाहा हुनुपर्ने हो कि कानून अनुसार सञ्चालन भईरहेका सञ्चार माध्यामले आफ्नो कर्मगरेर सम्झौता अनुसार काम गर्ने अधिकार हो ।
नेपाल पत्रकार महासंघले प्रकाशन गर्दै आएको त्रैमासिक पत्रिका कोसेली २०७९ मार्फत प्रतिष्ठानलाई सन्देश मुलक सूचना विशेषांकका लागि प्रस्ताव गरी सन्देश मुलक सूचना, गतिविधि छापिएका विषयमा केही काम नभएको अर्को आरोप लगाउनु भएको छ । आवश्यकता परे महासंघको कोशेली पत्रिकामा के के प्रकाशन भए हेर्न सकिन्छ । यति मात्र होईन सो अंकमा पत्रकार महासंघको कोसेली पत्रिकामा जिल्लाका अन्य सरकारी तथा गैरसकारी निकायलाई पनि सन्देशमुलक सूचना प्रस्ताव गरि छापिएका छन् ।
उहाँले महासंघको कारोवार कुनै व्यक्तिको नभई अध्यक्ष, सचिव र कोषाध्यक्षको दस्तखतमा सञ्चालन भएको थियो । महासंघमा मेरो कार्यकालमा तेस्रो तलाको भवन निर्माण, हिमा गाउँपालिकाको सहयोगमा पत्रकारका लागि रु पाँच लाखको लेखनवृत्ति कोष स्थापना, कर्णाली प्रदेशबाट नगरपालिका मार्फत कार्यालयका सामग्री खरिद, पुस्तकालय स्थापना लगायतका महत्वपूर्ण देखिने दर्जन बढि ऐतिहासिक कामहरु समेत भएको सबैमा अवगत नै छ ।
यसरी सत्य कुरालाई ढाकछोपगरी पत्रकार भेटघाटमा मेरो, तत्कालिन उपाध्यक्ष दिलमाया शाही र केही साथीको नाम किटान गरेर पैसा मागेको अभिव्यक्ति दिएर सार्वजनिक बेइज्जत गर्नु रजिष्ट्रार महतको नियोजित कमजोर कार्य र अभिव्यक्ति हो भन्ने प्रष्ट छ । यो अभिव्यक्ति निराधार, कपोलकल्पित तथा गलत भएकाले सच्याउन समेत अनुरोध गरिन्छ । अन्यथा पत्रकार र समग्र पत्रकारिता पेशालाई नै निरुत्साहित तथा आँच आउने गरी गरिएको कार्यविरुद्ध न्यायिक निकाय जान बाध्य हुने समेत बताएका छन् ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानमा पत्रकार भेटघाट गरेर पत्रकार नेत्रबहादुर शाही, दिलमाया शाहीले पैसा माग गरेको पैसा नपाउदा समाचार लेखिएको आरोप लगाएका थिए । त्यसको खण्डन गर्दै अध्यक्ष शाहीले गलत र भ्रम छर्ने अभिव्यक्ति दिएको बताएका छन ।
यसैगरी सो अभिव्यक्तिलाई पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले सामाजिक सञ्जाल मार्फत खण्डन गर्दै आफु महासंघको उपाध्यक्ष भ्एपनि खाता सञ्चालन आफ्नो नाममा नभएको र महिला जागरणको कुनै पनि विल प्रतिष्ठानमा नपठाएको बताईन ।उनले प्रतिष्ठानका रजिष्ट्रार महतले आफुले प्रतिष्ठानका वेथितिका बिषयमा प्रमाण सहित लेखेका सत्य समाचार लाई ताेडमाेड गरि गलत देखाउन सरासर झुटाे आराेप लगाएकाे उनले बाेलेकाे भिडियो प्रष्ट देखिन्छ ।महिला जारगणका अध्यक्ष शाहीका अनुसार मैले प्रतिष्ठानकाे मात्रै हाेईन यहाका कुरिती र वेथितिका बिषयमा सधै कमल चलाएकाे हुँ । प्रतिष्ठानका रिजिष्टार महतले आफ्नाे कमजोरी लुकाउन झुटाे आराेप लगाएका छन ।