उत्पीडन विरुद्ध क्रान्ति गरेको पाटी माओवादी होःकर्णाली प्रदेस इन्चार्ज मल्ल


जुम्ला :नेकपा(माओवादी केन्द्र)कार्णाली प्रदेस इन्चार्ज काली बहादुर मल्लले जनताको हक अधिकार,सामाजिक न्याय,समानता र उत्पीडन विरुद्धको क्रान्ति पाटी भएको बताए । उनले यस पार्टीले २०५२ सालदेखि सुरु गरेको जनयुद्ध को मुख्य उद्देश्य नै जातीय, वर्गीय, लैंगिक तथा क्षेत्रीय विभेद अन्त्य गर्दै समाजवादतर्फ उन्मुख हुने थियो ।उनका अनुसार माओवादी बिग्रेको प्रति जनता दुखी छन । माओवादी प्रति धेरै जन्ताको आशा जगाएको बताए ।उनले समय सँगै नेतृत्वमा आएको भ्रष्टाचार, आन्तरिक गुटबन्दी, र जनताको वास्तविक मुद्दाप्रति गुम्भिर हुन अनुरोध गरे ।

आमोवादीले जिल्लाका आटै वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गर्ने तयारी स्वरुप जुम्लाको पातारासी गाउपालिकामा पहिलो अधिवेशन टुंग्याएको छ ।गुठीचौर गाउँपालिका कमिटीका अध्यक्ष लाल बहाुदर रावतका अनुसार अधिवेशनको उद्धघान कार्यक्रम सकिएको छ । मंगलबार बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
त्यस्तै माओवादी केन्द्रका इन्चार्ज नरेश भण्डारी दोस्रो अभिवेशनबाट आउने नयाँ आउने नेतृत्वलाई शुभकामना दिए ।उनले माओबवादीले जन्ताकोसमृद्धीका लागी बिकासको लागी काम गर्छ । उनका अनुसार माओवादी भित्रि भएका त्रुटिहरू छन ।

यसलाई सुधार गर्दै माओवादी सरकारमा जादा जन्ताको निम्ती काम गर्दै आएको उनको दाबी छ ।
त्यस्तै नपाली काँग्रेसका गुठीचौर गाउपालिका सभापती टेक भण्डारीले शुभ कामना दिदै गुठीचौरगाउँपालिका कमिटिको लागी आउने नयाँ नेतृत्व जन्ता प्रमी हुनु पर्ने बताए ।उनले माओवादीले ल्याएको संघिय गणतन्त्रको ब्यवस्थाका कारण जान्ताले आफ्नो राख्न सक्ने बताएको बताए । उनले केही रैतीहरुले पुर्व राजाको गुनगान गाएको पछिल्लो समयमा देखिएको बताए ।उनले यस्ता ब्यवस्था बिरोधिलाई तह माओवादी पाटीले लगाउने बताए ।