कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भर्ती केन्द्र बनाइदै,पदावधि सकिँदै गर्दा करारको विज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपतिको पदावधि सकिसकेको छ भने रजिष्ट्रारको पदावधि पनि सकिँदैछ । प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिदै जाँदा आफू निकट आफन्त र पार्टी कार्यकर्ता भर्ती गर्ने कुत्सित नियतले करारको विज्ञापन खोलिएको छ । करार विज्ञापन खोलिएकोमा कानुन विपरीत भएको भन्दै अख्तियारमा उजुरी पनि परकोे छ ।भोलिदेखि हुने भनिएको परीक्षा रद्द गर्दै कानुनको सम्मान गर्न अख्तियारमा उजुरी दिइएको उजुरीकर्ताले दावी गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०६९ (पाँचौ संशोधन २०८१ ।८।२८  गते समेतको परिच्छेद ४ को नियम ३२ मा प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दीमा रही कुनै विशेष कामका लागि मात्र शिक्षक वा कर्मचारी भर्ना गर्न सकिने र खुला प्रतिस्पर्धाको आधारबाट मात्र करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था छ ।

तर प्रतिष्ठानमा हाल कार्यरत कर्मचारी, यसअघि स्थायी पदका लागि विज्ञापन गरेको पद संख्या र हाल विज्ञापित पदहरु हेर्दा दरबन्दीभन्दा धेरै पदहरु सभाबाट स्वीकृत समेत नगराई विज्ञापन गराएको देखिन्छ । उक्त विज्ञापन अन्तर्वार्ताबाट मात्र लिन खोजेकोले नियम विपरीत भएको र प्रतिष्ठानलाई थप आर्थिकभार पारी कार्यकर्ता भर्ती गर्न खोजिएको भन्दै उक्त कार्य यथासिघ्र रोकी कारबाही गरी पाउँ भनी नाम उल्लेख नगर्ने शर्तमा महिला जागरणलाई अख्तियारमा दिएको एक नागरिकले बताएका छन् ।

प्रतिष्ठान स्रोतका अनुसार कर्णाली प्रदेश जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं.२ मा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु तत्कालीन उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतले आफ्नो कार्यकाल सकिन लाग्दा जाँदाजाँदै आफू निकटका कार्यकता र आफन्त भर्ती गर्ने कुत्सित मनसायका साथ मिति २०८१ फागुन १२ गते प्रतिष्ठानको वेवसाइटमा करार सेवाका लागि भन्दै विज्ञापन प्रकाशन गरेको पाइएको छ । उक्त विज्ञापनको लिखित परीक्षा मिति २०८२ । यहि बैशाख १२ गते तोकिए पनि कोको ब्यक्तिको नाम निकालिदै छ भन्ने पहिले नै सुनिश्चित भएकोले विज्ञापन रद्द गरिदिन भन्दै मिति २०८१ फागुन १९ गते नै उजुरी परेको देखिन्छ ।

यस अघि२०८१ ।८।२८  गते लोकसेवा आयोग मार्फत करिब २०० जना भन्दा धेरै शिक्षक तथा कर्मचारीहरुको स्थायी पदपुर्तिका लागि सूचना प्रकाशन गरी उक्त सूचना अनुरुप लिखित परिक्षा संचालनको लागि मिति २०८१ फागुन ३ गते लोक सेवा आयोगले लिखित परिक्षाको लागि सूचना समेत जारी गरिसकेको अवस्था छ । तर प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिन लाग्दा आफू निकटका कार्यकता भर्तीको उद्देश्यले यो बिज्ञापन गरेको प्रतिष्ठान स्रोतले बताएको छ ।

अख्तियारमा जाहेर उजुरीमा प्रतिष्ठानका पदाधिकारीले जाँदाजाँदै भर्ती गर्न खोजका पद र व्यक्तिको स्पष्ट किटान पनि गरिएको छ । स्थायी र करार पदमा आइटी अफिसर र रेडियोग्राफर दोहोरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइटीमा अहिले पनि २ जना कर्मचारीले कामगरिरहेका छन ।

प्रतिष्ठानको मंसिरमा सार्वजनिक गरिएको विज्ञापनमा एक स्थायी पद खोलिएको छ । फेरि पनि अहिले आफ्ना पार्टीका र आफ्नो मान्छेहरुलाई सेटिङ्ग गर्न थप एक जना करार आइटीको विज्ञापन खोलिएको छ।प्रतिष्ठानले रेडिया ग्राफरमा पनि कर्मचारी प्रयाप्त हुदा हुदै स्थायी र करार दुवै खोलेको छ । प्रतिष्ठानको लाइब्रेरी कक्षमा अहिले पनि तीनजना कर्मचारीहरुले काम गरिरहेका छन । जहाँ दरबन्दी नै छैन।

अस्पताल प्रशासनले अहिले थप १ जना करार कर्मचारीको माग गरेको छ ।प्रतिष्ठानको अस्पतालको ल्यावमा अहिले १२ जनाकर्मचारी कार्यरत छन ।जो अस्पतालका लागिप्रयाप्तहो । तर ल्याव टेक्नोलोजिष्ट, रेडियो टेक्नोलोजिष्टमा आफ्ना मान्छेहरु लाई घुसाउन फेरी पनि करार विज्ञापन खोलिएको एक कर्मचारीले बताएका छन। विज्ञापनको धेरैजसो पदमा अन्तर्वाता बाट मात्र परिक्षा लिनखोजेको देखि दानियम विपरित भएको आन्तरिक श्रोतको दाबी छ ।

स्थायी र करारका बिज्ञानपनहरु

प्रतिष्ठानले वैसाख ५ मा सार्वजनिक गरेको परिक्षाको सूचनामा ल्यावटेक्नोलोजिष्ट,रेडियो,टेक्नोलोजिष्ट,आईटी अधिकृत,ल्याव असिष्टेन्ट, लाईब्रेरियन र रेडियो ग्राफरको लिखित परिक्षा यही शुक्रवार दिउसो २ बजेबाट हुने तोकेकोे छ ।
त्यस्तै विज्ञापनको सि.नं. ७ मा भएकोMD in Forensic विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा.बिनम्र विष्टलाई लिने सुनिश्चत गरिएको आरोप छ भने विज्ञापनको सि.नं. ८ मा भएको MSc in Biostatistics विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा. उमेशराज अर्याललाई लिने सुनिश्चत गरेको आरोप छ ।

त्यस्तै विज्ञापनका सि.नं. ९ मा भएको MD in Biochemistry विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा.तीर्थ नारायण शाहलाई लिने सुनिश्चत भएको आरोप छ भने विज्ञापनको सि.नं. १० मा भएको MSc/PhD in Microbiology विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी डा. चन्दनकुमार ठाकुरलाई लिने सुनिश्चत गरिएको आरोप छ ।

विज्ञापनको सि.नं. ११ मा भएको MA in Sociology  विषयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका साथी तथा नेकपा माओवादी जुम्ला जिल्ला पार्टीका सहइन्चार्ज दल जि.सिकी श्रीमती सन्दिया चौलागाईलाई लिने सुनिश्चत गरिएको आरोप छ ।
त्यस्तै विज्ञापनको सि.नं. १५ मा भएको Radio Technologist विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको भिनाजु चन्दननाथ नगरापालिका वडा नं. ३ निवासी क्षेत्र बुढ्थापाको छोरीलाई लिने सुनिश्चत गरिएको आरोप छ ।
त्यस्तै विज्ञापनको सि.नं. १७ मा भएको IT Officer विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको भान्जा चन्दननाथ नगरापालिका चन्दननाथ नगरपालिका ५ निवासी उमेश रोकायालाई लिने सुनिश्चत गरिएको छ भने लाइबेरीतर्फ पदम स्वर्णकार लाई ल्याउने तयारी गरिएको छ । त्यस्तै विज्ञापनको सि.नं. १९ मा भएको Lab Assistant  विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको नातेदार एमाले कार्यकर्ता संगिता कार्की र जनक भण्डारीलाई लिने मनसायका साथ खोलेको बताइएको छ । यसरी व्यक्ति र पद सिर्जना गर्दै प्रतिष्ठानलाई कार्यकर्ता भर्ती केन्द्र बनाउनु हुँदैन भन्दै अख्तियारमा उजुरी दिइएको बताइएको छ ।

त्यस्तै यस अघि पनि उमेश रोकायालाई लिने मनसायका साथ मिति २०६९।०४।२५ गते भएको विज्ञापनमा अख्यिारमा उजुरी परेको थियो । प्रतिष्ठानले उक्त सातौ तहको विज्ञापन रद्द गर्यो र पुन फेरी मिति २०६९।१२।२५ गते निजलाई नै लिने मनसायले विज्ञापन गर्दा मिति २००००३/१, २००/०४/०१ र २००।०४।०५ अख्तियारमा उजुरी थियो ।तर अख्तियारले समेत कुनै प्रतिकृया समेत नगरे पछि निजालाई तह ६ मा नियुक्त गरेको थियो ।अहिले पनि निजलाई तह ७ मा लिने सुनिश्चत भएकोले विज्ञापन गरेको प्रतिष्ठान स्रोतको आरोप छ ।त्यस्तै प्रतिष्ठानका पदाधिकारीले पटक पटक यसरी पद विभाजन गर्दै सधैँ कार्यकर्ता भर्ती गरिरहने र कुनै पनि कारवाही नहुने हो भने सोझा नागरिकको रोजगार देखि गुणस्तरी सेवा पाउनबाट बञ्चित हुने भएकाले सबै नागरिक जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

कर्मचारी भर्ना गर्न सकिने ब्यवस्था
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली २०६९ (पाँचौ संशोधन २०८१।८।२८ गते समेतको परिच्छेद ४ को नियम ३२ मा प्रतिष्ठानको सभावाट स्वीकृत दरवन्दीमा रही कुनै विषेश कामका लागि मात्र शिक्षक वा कर्मचारी भर्ना गर्न सकिने र खुला प्रतिस्पर्धाको आधारबाट मात्र करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था छ ।

प्रतिष्ठानमा हाल कार्यरत कर्मचारी, यस अघि स्थायी पदका लागि विज्ञापन गरेको पद संख्या र हाल विज्ञापित पदहरु हेर्दा दरवन्दीभन्दा धेरै पदहरु सभाबाट स्वीकृत समेत नगराई विज्ञापन गराएको र उक्त विज्ञापन अन्तर्वाताबाट मात्र लिन खोजेकोले नियम विपरित भएको र प्रतिष्ठानलाई थप आर्थिक भार पारी कार्यकर्ता भर्ती गर्न खोजिएको भन्दै प्रतिष्ठानका एक कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन । उनका अनुसार उस्तै पदका लागि लोकसेवा आयोगमार्फत स्थायी खुलेको र फेरि पनि उही पदको लागि करार सेवामा कर्मचारी लिन खोज्नु प्रतिष्ठानको आबश्यकता नभइ आफन्त राख्ने नियत भएको बताएका छन् ।

प्रतिष्ठानले मिति २०१ ।८।२८ गते लोकसेवा आयोग मार्फत करिब २०० जना भन्दा धेरै शिक्षक तथा कर्मचारीहरुको स्थायी पदपुर्तिका लागि सूचना प्रकाशन गरी उक्त सूचना अनुरुप लिखित परिक्षा संचालनको लागि मिति २०१।११।०३ गते लोक सेवा आयोगले लिखित परिक्षाको लागि सूचना समेत जारी गरिसकेको अवस्था छ ।
यसरी प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिन लाग्दा स्थायी पदमा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी आउन लाग्दा के कारणले थप करार शिक्षक तथा कर्मचारी लिन पर्ने बाध्यता आयो ?उनले भनेका छन्, यो परिस्थितिलाई मध्यनजर गरी हेर्दा कार्यकाल सकिन लाग्दा आफु निकटका करार कर्मचारी भर्ना गरी प्रतिष्ठानलाई आर्थिक भार पार्ने मनसाय हो । करारमा यी पद सिर्जना हुँदा प्रतिष्ठानलाई रु.५करोड १७ लाख ७ हजार ६८० आर्थिक भार थपिने देखिएको छ ।
कति पर्छ आर्थिक भार
प्रतिष्ठानमा यसरी पदाधिकारीको पदावधि सकिन लाग्दा स्थायी पदमा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी आउन लाग्दा के कारणले थप करार शिक्षक तथा कर्मचारी लिन पर्ने बाध्यता आयो ? प्रतिष्ठानको ऐन २०६९ को परिच्छेद १० को दफा ४३ मा नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको आर्थिक स्वीकृति लिनु पर्नेछ भन्ने व्यवस्था छ । प्रतिष्ठानको हालको बार्षिक आम्दानी करिव २४ करोड २० लाख भएको र हाल कार्यरत कर्मचारीहरुको बार्षिक तलब खर्च करिव रु. ४२ करोड ५० लाख भएको र हाल प्रतिष्ठानले गरेको स्थायी र करार सेवाका कर्मचारीहरुको बार्षिक खर्च करिव ३० करोड २१ लाख ४ हजार २० हुने भएकोलेले जम्मा कमाई र खर्चको हिसाव गर्दा संस्था करिब रु ४८ करोड ५१ लाख ४ हजार २० ऋणात्मक भएको अवस्था हुँदा हुँदै कार्यकाल सकिन लाग्दा ठूलो संख्यामा करार कर्मचारी भर्ना गरी संस्थालाई धारासायी गर्न खोजेको देखिएको छ ।
संस्थालाई दीर्घकालीन असर पर्ने क्रियाकलाप पार्ने पदाधिकारीबाट पटक पटक हुँदा समेत यहाँका सरोकारवाला मौन बसेका छन् ।यसरी नियम कानुन मिचेर आफ्नो कार्यकर्ता भर्ती गरेको पटक पटक जनगुनासो आउँदासमेत कारवाही नहुने हो भने सोझा जनता सधैँभरि मारमा पर्ने र संस्था कमजोर हुँदै जाने देखिन्छ । यस बिषयमा बुझ्न खोज्दा प्रतिष्ठानका निमित्त उपकुलपति डाक्टर डब्बल बहादुर धामीले कुनै पनि प्रतिक्रिया दिन मान्नु भएन । उनले खास के हो ? यस बिषयमा अध्ययन गरेर महिला जागरणलाई जवाफ दिने बताए ।

  योस्तो छ अख्तियारमा परेको उजुरी