सर्वोदय नेपाल द्धारा हाम्रो साहस परियाेजना सार्वजनिक

जुम्ला : जुम्लामा सर्वोदय विकासका लागि अभियानले ग्रामीण र पिछडिएका समुदायमा दिगो विकास, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले आफ्नो यात्रामा समुदायसँग मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको हो ।

संस्थाले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र दिगो कृषि जस्ता क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल राज खत्रीले बताए । उनका अनुसार यसका परियोजनाहरूले समुदायलाई सशक्त बनाउन र दिगो विकासमा योगदान पु¥याउन मद्दत पु¥याएको छ। उनले भने जुम्लका सात वडा पालिकाका साहस परिजनाले काम गरिरहेको छ । सर्वोदय नेपालले अहिले सम्म गर्दै आएका काम र आगामी दिनमा संञ्चालन गरिने कार्यक्रमको बिषयमा सरोकारवाला बिच जानकारी गराएको छ ।निर्देशक खत्रीका अनुसार  UK AID, UN women को आर्थिक  सहयोगमा सर्बोदय नेपाल जुम्लाको सहजिकरणमा जुम्ला जिल्लाका गुठिचौर, पाताराशी, कनकाशुन्दरी, सिंजा र हिमा गाँउपालिकामा सामाजिक हानिकारक मुल्यमान्यता न्युनिकरण एवं लैगिंक समानताका लागि सामाजिक मुल्यामान्यता परिर्वतन परियोजना संचालन भएको छ । उनले भने ,परियोजनामा महिला तथा किशोरीहरु मुख्य लक्षित बर्ग रहेका छन भने कार्यक्रम सामाजिक कुुरिती न्युनिकरण, संस्थागत क्षमता अभिबृद्धी, र लैगिंक हिंसा न्युनिकरणका गर्ने उदेश्य परियोजनाको रहेको छ ।

कार्यक्रमले मुख्यगरी महिला तथा पछाडि परेका समुदायको शसक्तिकरणमा थप सुदृढीकरण गर्ने विश्वास लिएको छ । कार्यक्रम ९६० घरधुरीमा लक्षित भएर कार्यक्रम संचालन हुनेछ जसले अगामी दिन परम्परागत शेच र व्यबहार परिर्वतन गर्ने निर्देशक खत्रीले बताए ।

त्यस्तै सर्वोदय नेपालले ’ हाम्रो साहस परिजना’ कार्यक्रम मार्फत न्यायबाट वञ्चित तथा बेसहारा महिलाहरूलाई सशक्तिकरणको काम गर्ने अध्यक्ष नारायणी चौलागाइले बताइन । उनले“न्यायबाट टाढा परेका र बेसहारा अवस्थामा जीवन बिताइरहेका महिलाहरूलाई जिविको पार्जन संग जोड्न सबैको सहयोग आबश्यक रहेको बताइन । उनले आर्थिक रुपमा मकजोर भएका महिलालाई सशक्त बनाउँदै, उनीहरूको आत्मबल र अधिकारको पुनःस्थापना गर्ने बताइन ।

त्यस्तै परिचय आत्मक कार्यक्रमा प्रमुख अथिति तथा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सामाजिक सेवा र कुरितीविरुद्धको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए । उनले हिंसामा परेका ब्यक्तीको भावनात्मक र प्रेरणादायक काम गर्नका लागी आफ्नो तर्फबाट सधै भरी सहयोग हुने बताए । उनले “समाज रूपान्तरणका लागि सामाजिक सेवा र कुरितीविरुद्धको संघर्षमा हामी सबैको एकताबद्ध प्रयास हुने बताए ।