जुम्लामा हिमाली संवाद कार्यक्रम :जलवायु परिवर्तनबाट हिमाली क्षेत्र बढी प्रभावित
जुम्ला : कर्णाली प्रदेस सरकारका सांसद देवेन्द्र बहादुर शाहीले जलवायु परिवर्तनले हिमाली क्षेत्रहरुलाई धेरै नै असर पारेको बताएका छन् । उनले विकास साझेदार संस्था किर्डाक नेपाल द्वारा आयोजित हिमाली संवाद जुम्लामा कार्यक्रमा यस्तो बताएका हुन । उनले जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सरकारले पनी लागी परेको बताए । उनले भने, ‘जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारका सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताए । उनले सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३।० प्रकाशित गर्ने तयारी गरिएको बताए । कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिक अगुवा,बालबालिका,तथा यूवाहरुको सहभागितामा हिमाली संवाद सुरु भएको छ ।
त्यस्तै हिमाली संवादको अबसरमा बोल्दै जिल्ला समन्य समतिका प्रमुख गौरी नन्द आचार्यले कार्बन उत्सर्जनमा हाम्रो भूमिका नभए पनि जथाभावी बाटो खन्ने,रुख बिरुवा मास्ने, र वातावरण मास्ने काम दिन प्रति दिन भएको बताए । उनका अनुसार यस कारण भएकोले जलवायू परिवर्तनको असर जुम्लामा पनी बढी देखिन थालेका छन ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जलवायु परिवर्तनका धेरै कार्यक्रममा भएको बताए ।उनले कार्यक्रम हुने तर कार्यान्वयन पक्ष फितलो देखिएको छ ।संघियतापछि वातावरण मास्ने काम बढी भएको देखिन्छ । यसको असर बिस्तारै समुदायमा पढदैछ ।
त्यस्तै किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले हमाली संवादका मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने रहेको बताए । उनले उमेर–संवेदनशील जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय स्तरका वास्तविकताहरूलाई जलवायु ढाँचाहरूसँग जोड्नका लागी सबै जिम्मेवार हुनु पर्ने बताए ।
त्यस्तै वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरे तापनि, यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेको किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले बताइन । उनले किर्डाक नेपालले सामाजिक विकास,समनता साथै जलवायू परिवर्तनका असर न्यनिकरण,हिमाल बचाउ अभियान,बाल सहभागिता लगायतका बिषय बस्तुमा काम गरि रहेको बताए ।
कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानीको अभावको सामना गरिरहेको छ, जसले कृषि उत्पादकत्व घटाएको छ । जलवायू परिवर्तनले पारेको असर र त्यसबाट अनुकुलित हुन गर्नुपर्ने प्रयासका विषयमा हिमाली संवादमा छलफल हुने भइरहेको छ ।