प्रेस सेन्टर कर्णाली प्रदेशको अध्यक्षमा प्रतीक ईच्छुक शर्मा चयन


जुम्ला :प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा प्रतीक ईच्छुक शर्माको नेतृत्वमा नयाँ समिति चयन भएको छ । विरेन्द्रनगरमा भएको तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गएको हो। अध्यक्ष प्रतीक इच्छुक शर्मा (सल्यान), उपाध्यक्ष , धर्मराज जिसि (सुर्खेत), उपाध्यक्ष, उपेन्द्र न्यौपाने (जुम्ला), उपाध्यक्ष , तुलसा रोका (पश्चिम रुकुम), महासचिव ,अशोक कुमार सिंह (कालिकोट), सचिव , तिलकराज वलि (सल्यान),सचिव , नरजङ तामाङ (हुम्ला), सचिव , जुना कुमारी रावत (जाजरकोट),सचिव ,प्रिमा कुमारी बिश्वकर्मा ( प्रेरणा,कालिकोट),सचिव , तुलाराज चौलागाईं (आकाश, कालिकोट),कोषाध्यक्ष ,कृष्ण शर्मा (दैलेख) सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरु रमिता खड्का मगर (पश्चिम रुकुम), कल्पना रावत (जुम्ला),सुनिल महरा (पश्चिम रुकुम),काली बहादुर नेपाली (जाजरकोट) इन्द्रबहादुर बुढाथोकी (सल्यान), बिक्रम तिरुवा जुम्ला), गोविन्द विश्वकर्मा (सुर्खेत), रमेश जैसी (जाजरकोट ),टिकाराज उपाध्याय ( कालिकोट),राकेश बिक (दैलेख) रहेका छन् ।

यसैगरि लेखा समिति संयोजकमा प्रचण्ड खत्री ( पश्चिम रुकुम)सर्वसम्मत निर्वाचित भएका छन् । नयाँ निर्वाचित समितिलाई संगठनका कर्णालीका ईन्चार्ज ओपेन्द्र शर्माले सपथ खुवाउनु भएको छ । यसैगरी सपथ ग्रहण कार्यक्रममा कर्णालीका ईन्चार्ज काली बहादुर मल्ल, पाटी अध्यक्ष विमला केसी, पुर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले शुभकामना मन्तब्य राख्नु भएको छ ।

कर्णालीको नयाँ समिति चयनका लागि प्रेस सेन्टर नेपालका उपमहासचिव दिपेन्द्र शर्माको संयोजकत्वमा, अध्यक्षमण्डल गठन भएको थियो । जसमा केन्द्रीय सचिव गणेश कञ्चन भारति, सचिव रिजाल, केन्द्रीय सदस्य मेघराज खड्का, डिल्लीराज रावत, प्रेस सेन्टर जुम्लाका अध्यक्ष दिलमाया शाही सहितको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

सम्बन्धित समाचार